नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11438 · वि.सं. २०८२

नि.नं. 11438 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

राजमार्ग भनी घोषणा भइसकेको, सडक निर्माणका लागि तत्कालीन समयमा नै सडक निर्माण, विस्तार वा स्तरोन्‍नतिका लागि प्राप्त गरिएका जग्गाहरूमा जग्गाधनी वा अरू कसैको कुनै किसिमको हक कायम नरहने स्थितिमा कानूनी प्रक्रिया पूरा गरी कायम गरेको सडक सीमाभित्रको जग्गाको स्वामित्व लगतकट्टा नभएको भन्‍ने मात्र कारणले सम्बन्धित जग्गाधनीको कुनै किसिमको हक अधिकार कायम रहिरहन्छ भन्‍न नमिल्ने । जुन कुरामा कानूनबमोजिम हक बन्छ त्यस्तोमा स्थापित हकको सम्मान गर्नुपर्ने दायित्व त राज्यमा रहन्छ नै तर हक नै सिर्जित नभएको स्थितिमा पनि पछि जग्गा कब्जा गरी बसेका बाहेक अनन्तकालदेखि बसोबास गरी आएका नागरिकलाई आवास वा बासस्थानबाट हटाउनुपर्दा राज्यले आधारभूत मानवीयता प्रदर्शन गर्नुपर्ने । नेपालको संविधानको धारा २५ र धारा ३७ को व्यवस्थालाई एकैसाथ अध्ययन गर्दा न्यूनतम रूपमा पनि सो अर्थ निस्कने, विकल्पविहीन अवस्थामा बाहेक व्यक्तिको आवासको सुरक्षालाई असर पर्ने गरी कुनै कार्य गर्नु नहुने । यदि व्यक्तिको भौतिक सम्पत्तिमा क्षति पुग्ने भएमा त्यसको उचित र पर्याप्‍त क्षतिपूर्ति दिएर मात्र विकास निर्माणको कार्य गर्नुपर्ने हुन्छ, जहाँ कानूनको आधारमा व्यक्तिको दाबी लाग्ने अवस्था छैन त्यहाँ पनि मानवीयताले सरकारी निर्णयहरूलाई निर्देश गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11438
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2079/09/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशडा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, टंकबहादुर मोक्तान
मुद्दा नं.०७८-WF-०००२
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11438
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्