नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11425 · वि.सं. २०८२

नि.नं. 11425 — – निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

नेपाल राष्ट्र बैंक नियामक निकाय मात्र नभई न्यायिक अधिकार रहेको प्रशासनिक निकाय पनि हो । प्रशासनिक प्रकृतिको निर्णय र न्यायिक निर्णयको पद्धति फरक रहने । प्रशासनिक निर्णयमा सामान्यतया टिप्पणी उठाई सदर वा बदर गर्ने कार्य हुने । न्यायिक निर्णयमा अर्काको राय सदर वा बदर गर्नुभन्दा पनि न्यायकर्ताको स्वतन्त्र न्यायिक निर्णयको भूमिका हुने हुँदा नेपाल राष्ट्र बैंकले जरिवाना गर्ने निर्णय गर्दा पनि उचित प्रक्रियाहरू अवलम्बन गर्नुपर्ने, निर्णय गर्नु अगावै सजायका लागि सिफारिस गरिएका व्यक्तिलाई सफाइको मौका दिनुपर्ने र जरिवाना गर्दा के कति कारणबाट जरिवाना गर्नुपरेको हो विवेचना गरी कारण खुलाई न्यायिक विवेक र मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं.२४) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ७४ को उपदफा ४ को खण्ड (ग) र (ङ) को सजायमा समेत प्रमाणको विवेचना गरी आधार कारण नखुलाई नेपाल राष्ट्र बैंकको गर्भनरबाट टिप्पणी सदर गरिएको कार्यलाई न्यायिक प्रक्रिया र विधिको अवलम्बन गरेको मान्न नसकिने । (प्रकरण नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11425
मुद्दाको विषय– निर्णय बदर
निर्णय वर्ष / मिति2079/09/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री शिवराज अधिकारी | माननीय न्यायाधीश श्री थीरबहादुर कार्की | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्माको सहमतीय (अयलअगचचष्लन) राय
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11425
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्