नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11424 · वि.सं. २०८२
नि.नं. 11424 — परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रचलित नेपाल नागरिकता ऐन, २०६३ र ऐ. नियमावलीले बाबुको पहिचान नखुलेको अवस्थामा नागरिकता प्रदान गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने सर्त तथा मापदण्ड एवं कार्यविधि निर्धारण गरेको भए तापनि बाबुको पहिचान खुलेको तर निजको नागरिकता नै नबनाई मृत्यु भएको अवस्थाको परिकल्पना नगरेकोमा संविधानबमोजिम नागरिकता प्राप्त गर्न योग्यता पुगेका व्यक्तिलाई संवैधानिक व्यवस्था कार्यान्वयनको लागि बनाएको ऐन, नियमावलीले समेट्न नसकेको वा सो अवस्थाको विधायिकाले परिकल्पना नगरेको कुरालाई मात्र आधार बनाई नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11424 |
|---|---|
| मुद्दाको विषय | परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2081/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विनोद शर्मा | माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०८०-WO-०८३७ | ०७८-WO-१५३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11424 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
