नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11436 · वि.सं. २०८२

नि.नं. 11436 — मुद्दाः उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

विचाराधीन मुद्दा र फैसला कार्यान्वयनको चरणमा समेत प्रतिवादी र पीडितले मिलापत्र गर्न सक्ने तथा मिलापत्र भएपछि त्यस्तो मुद्दामा फैसलाबमोजिम भएको दण्ड, जरिवाना वा शुल्कको लगत कट्‍टा हुने छ भनी कानूनमा नै प्रस्‍टरूपमा उल्लेख भइसकेको स्थितिमा मुद्दा र जुनसुकै अवस्था भन्‍ने शब्दावलीले अन्तिम फैसला भएपछि फैसला कार्यान्वयनको अवस्थाको मुद्दालाई जनाउँछ वा जनाउँदैन भनी व्याख्या गरिरहनु नपर्ने । (प्रकरण नं.८) फैसला कार्यान्वयनको क्रममा मिलापत्र भएमा फैसलाबमोजिम भएको दण्ड, जरिवाना वा शुल्कको लगत कट्‍टा हुने व्यवस्था रहेकोमा मिलापत्रसम्बन्धी यस्तो व्यवस्थालाई कानूनको रौं चिरा केलाई कार्यान्वयन हुनबाट पञ्‍छाउनु न्यायपूर्ण नहुने र न्यायमा सहज पहुँचको दृष्‍टिले उपयुक्त पनि नहुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11436
मुद्दाको विषयमुद्दाः उत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति२०८२
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशतिलप्रसाद श्रेष्‍ठ, नृपध्वज निरौला
मुद्दा नं.०८०-WF-००५२
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11436
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्