नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11435 · वि.सं. २०८२
नि.नं. 11435 — निर्णय बदर छुट गुठी हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
गुठियारहरूले आफू तथा आफ्ना पिता पुर्खाले गुठी सञ्चालनार्थ राखेको कुनै जग्गा जमिनलाई निजका सन्तानहरूले त्यसको उचित संरक्षण र सञ्चालन गर्दै गुठीलाई निरन्तरता दिनुपर्नेमा उल्टै गुठीबापत राखेको जग्गा कमाएकै आधारमा आफैँ मोही भई पुनः आफ्नो तथा हकदारहरूको नाममा मोही हक कायम गरी मोहियानी भाग छुट्याई बिक्री गर्ने अवस्था सिर्जना हुने हो भने गुठी राख्नुको पवित्र उद्देश्य नै खण्डित भई अन्ततः धर्मलोप हुने । गुठियारको कर्तव्य गुठीलाई परम्परागत रूपमा सञ्चालन गरी निरन्तरता दिनु नै हुने । (प्रकरण नं.१२) गुठीको जग्गामा गुठियार मोही कायम हुन पाउँछ भन्ने कहीँ कुनै कानूनले स्पष्ट पारेको नदेखिँदा कायम नै हुन नसक्ने मोहीलाई २०३३ सालमा आएको कानूनले पश्चात्दर्शी असर गरेको भनी मान्न नसकिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11435 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर छुट गुठी हक कायम |
| निर्णय वर्ष / मिति | 2080/10/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा, सुनिलकुमार पोखरेल |
| मुद्दा नं. | ०७०-NF-००१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11435 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
