नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11471 · वि.सं. २०८२
नि.नं. 11471 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्नु सम्बन्धित समुदायको मात्र नभई राज्यको पनि जिम्मेवारीको विषय हुने । नेपालको संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने, प्रत्येक धार्मिक सम्प्रदायलाई धर्मस्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुने छ भनी धार्मिक स्वतन्त्रताको हकको प्रत्याभूति गरेकोले राज्यले सबै धर्म, सम्प्रदायलाई समान संरक्षण र व्यवहार गर्नुपर्ने । आफ्नो धर्म, संस्कृतिको निर्विघ्न र निर्वाध रूपमा उपभोग र पालना गर्न पाउने नागरिकका मौलिक अधिकारको लागि यस्ता धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षण गरिएको हुने । कुनै पनि व्यक्ति वा सम्प्रदायले आफ्नो धर्म र संस्कृतिको विनाअवरोध प्रयोग गर्न पाउनुपर्ने हुँदा यस्तो अवसरबाट कसैलाई पनि वञ्चित गरिनु नहुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11471 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2081/2/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | सपना प्रधान मल्ल, बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०७९-WO-११४१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11471 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
