नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11457 · वि.सं. २०८२
नि.नं. 11457 — नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
बाबु आमा दुवैको मृत्युपश्चात् नातामा विवाद उठेबाट आमा बाबुको मृत्युको कारणले मात्र नाता नरहने भन्न नमिल्ने । मृतकको जीवन नरहे पनि नाता जीवित रहने, पहिचान र नाता जीवितसँग मात्र नजोडिने, मृत्यु भइसकेका व्यक्तिसँग पनि नाता र पहिचान जोडिने । बाबु आमासँगको नाता निर्मित नभई जन्मको आधारमा प्राप्त गरिने नाता हुने । वैवाहिक सम्बन्धको जस्तो जोडिने र तोडिने नाता नहुने । जीवित हुँदासम्म नातामा विवाद नरहेको बाबु आमाको मृत्युपश्चात् मृतकको विवाहित छोरी हुँदाहुँदै नातामा प्रश्न उठाई आफूले अपुताली खाने नियतले विवाद उठाउँदैमा विवाहित भएको नाताले मात्र महिलाको आफ्नो बाबु आमासँगको नाता नरहेको भन्न नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11457 |
|---|---|
| मुद्दाको विषय | नाता कायम |
| निर्णय वर्ष / मिति | 2079/7/3 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७४-CR-०२४३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11457 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
