नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11476 · वि.सं. २०८२
नि.नं. 11476 — मोही नामसारी गरी प्रमाणपत्र पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोहीको हदभन्दा बढी जग्गा स्पष्ट देखिई नेपाल सरकारको स्वतः अधिकार स्थापित भएको जग्गामा सो जग्गा जफतको प्रक्रिया नथालिएको भन्ने अधार लिएकोमा तत्कालीन पुनरावेदन अदालत, विराटनगरले सोतर्फ केही नबोली वादीको मोही हक कायम गर्ने गराउनेतर्फ मात्र बोलेकोले जफत भई नेपाल सरकारको नाममा प्राप्त हुने जग्गालाई अनदेखा गर्न नसकिने । सार्वजनिक सम्पत्तिको समुचित संरक्षण गर्न अदालत स्वयम्को भूमिका सम्बन्धमा सर्वोच्च अदालतका फैसला, आदेश एवम् न्यायिक व्याख्यासमेत भएकोले नेपाल सरकारले स्वतः प्राप्त वा जफत भई प्राप्त गर्ने जग्गा जमिन सम्पत्तिमा अदालत स्वयम्ले suo motto कर्तव्य निर्वाह गर्नुपर्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11476 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी गरी प्रमाणपत्र पाऊँ । |
| निर्णय वर्ष / मिति | 2080/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | डा. कुमार चुडाल, विनोद शर्मा |
| मुद्दा नं. | ०७४-CI-०७११ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11476 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
