नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11494 · वि.सं. २०८२

नि.नं. 11494 — परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा झडप, मुठभेड आदि हुन सक्तछन्; त्यस अवस्थामा आवश्यकता र परिस्थितिअनुसार गरिएको सुरक्षा कारबाहीमा कसैको ज्यान मर्न सक्ने अवस्था पनि रहन्छ र त्यसलाई गैरकानूनी कार्यको रूपमा लिन नमिल्ने । तर कुनै व्यक्तिलाई पक्राउ गरी आफ्नो कब्जा वा नियन्त्रणमा लिइसकेपछि कथित मुठभेडको बहाना बनाई हत्या गर्नु वा निजउपर अत्याधिक र अनुचित बल प्रयोग गरी ज्यान मार्ने कार्य गर्नुलाई उचित कार्य ठान्न नसकिने । (प्रकरण नं. २९) कानूनद्वारा अधिकार दिइएको आधिकारिक न्यायिक निकायबाट भएको कानूनसम्मत आदेशबाट हुने मृत्युवरणबाहेक राज्यपक्षबाट भएका सबै व्यक्तिहत्यालाई गैरन्यायिक हत्या मानिने । गैरन्यायिक हत्या हुनका लागि सोची सम्झी योजनाबमोजिमको हत्याअगाडि नै न्यायिक निर्णयबाट अनुमति नरहेको, न्यायिक निर्णय गर्ने निकाय कानूनबमोजिम स्थापित अदालत नरहेको र जुन निर्णयमा सभ्य मानिसले स्वच्छ न्याय पाउनका लागि स्वीकार गरिएका सम्पूर्ण न्यायिक प्रक्रियाको सुनिश्‍चितता नरहेको अवस्थामा गरिएको व्यक्तिको बाँच्न पाउने अधिकार छिनिएको अवस्थालाई गैरन्यायिक हत्या मानिने । (प्रकरण नं. ८) कसैले नेपालभित्र जस्तोसुकै अपराध गरेको भए पनि वा जस्तोसुकै अपराधको आरोप लागेका वा देशभित्र जस्तोसुकै आपत वा समस्या उत्पन्न भए पनि न्यायिक प्रक्रियाबाट वा अदालतको अनुमति वा स्वीकृतिबाट वा कानूनबमोजिम कुनै व्यक्तिलाई मृत्युदण्ड दिन वा कुनै व्यक्तिको हत्या गर्न नसकिने । जस्तोसुकै परिस्थितिमा पनि कसैले कसैको हत्या गर्न वा हत्याको आदेश वा अनुमति दिन सक्दैन किनकि कसैको बाँच्न पाउने मौलिक हक हनन गर्ने गरी कसैलाइ मृत्युदण्ड दिने गरी नेपालमा कुनै कानून नै बन्न नसक्ने । (प्रकरण नं. १०) जुन देशमा मृत्युदण्ड प्रतिबन्धित छ र व्यक्तिको बाँच्न पाउने हक अपहरण हुने गरी कुनै कानून बनाउनसमेत पाइदैन, त्यो देशमा सबै अवस्थामा प्रत्येक व्यक्तिको बाँच्न पाउने अधिकारको संरक्षण गर्नु राज्यको आधारभूत कर्तव्यभित्र पर्ने । त्यसका लागि देशभित्रको प्रत्येक व्यक्तिलाई शान्तिपूर्वक आफ्नो जीवनयापन गर्ने अवसर प्रदान गर्न शान्ति भंग हुने गतिविधि नियन्त्रणमा सरकारका तोकिएका सुरक्षा निकायहरूले बल प्रयोग गर्नुपर्ने अवस्था नआउला भन्न नसकिने । तर बलको प्रयोग गर्दा कानूनको परिधिको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नहुने । (प्रकरण नं. २०) प्रत्येक व्यक्तिको अमूल्य जीवनको अन्त्य हत्या जस्तो जघन्य कृत्यबाट हुँदा राज्य गुमनाम बस्न नसक्ने । प्रत्येक व्यक्तिप्रति राज्यको समान दायित्व हुन्छ, कुनै जीवन ठुलो वा महत्त्वपूर्ण र कुनै जीवन सानो र मूल्यहीन हुन नसक्ने । पर्याप्‍त छानबिन नगरी उपचारविहीन अवस्थामा कुनै पनि नाम र बहानामा व्यक्तिको जीवन समाप्‍त गर्न कसैले नसक्ने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11494
मुद्दाको विषयपरमादेशसमेत
निर्णय वर्ष / मिति2076/09/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशईश्वरप्रसाद खतिवडा, कुमार रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11494
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्