नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11478 · वि.सं. २०८२
नि.नं. 11478 — लागु औषध (नुफिनसमेत)
सिद्धान्त / नजिर सार (Headnote Summary)
लागु औषधको कारोबार गर्ने वा सेवन गर्ने दुवै व्यक्तिले लागु औषध खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म ओसार्नुपर्ने र केही समयका लागि सञ्चयसमेत गर्नुपर्ने हुन्छ । तर त्यो व्यक्ति सेवनकर्ता नभई लागु औषधको कारोबार गर्ने हो भन्नलाई निजले आफूसँग भएको लागु औषध को कसलाई र के कति मूल्यमा बिक्री गर्ने रहेछ भन्ने कुरा वादीले खुलाउनुपर्ने । अझ आरोपित व्यक्ति सेवनकर्ता हो कि, कारोबार गर्ने हो भन्ने कुरा लागु औषधको किसिम, सोको मात्रा र समूहलगायतका तथ्यहरूले निर्धारण हुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11478 |
|---|---|
| मुद्दाको विषय | लागु औषध (नुफिनसमेत) |
| निर्णय वर्ष / मिति | 2080/12/7 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | तिलप्रसाद श्रेष्ठ, सुनिलकुमार पोखरेल |
| मुद्दा नं. | ०७९-CR-०३६९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11478 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
