नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11481 · वि.सं. २०८२
नि.नं. 11481 — धर्मलोप
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपालमा धार्मिक, सामाजिक तथा परोपकारी कार्यका लागि परापूर्वकालदेखि नै जग्गा जमिनहरू गुठीमा राख्ने परम्परा रहेको पाइने । गुठीमा जग्गा जमिन राखी सोको आयस्ताले धार्मिक, सामाजिक कार्यहरू अनवरतरूपमा चिरकालसम्म सञ्चालन भई रहोस् भन्ने इच्छा, चाहना सो जग्गा सम्पत्ति गुठी राख्ने पुर्खाको रहेको हुने । सोहीअनुरूप धार्मिक कीर्ति विधिवत् रूपले चलाइराख्नुपर्ने हक दायित्व गुठी राख्नेको वा निजका सन्तान गुठियारको हुने । पुर्खाले निश्चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्याउने जस्ता काम गर्न छुट नपाउने । धर्म संस्कृतिको रक्षा तथा सेवा नै यस्ता गुठीको उद्देश्य हुँदा विगतमा जोसुकैले पनि आफ्नो सम्पत्ति समर्पण गरी आफ्नो हक दाबी छाडी राखेको गुठीका पछिल्ला पुस्ता गुठियारहरू गुठी स्थापनाको सर्त र उद्देश्यविपरीत गुठियारहरूले स्वतन्त्र र स्वच्छन्द प्रकृतिबाट गुठीका जग्गाहरूलाई आफूखुस गर्न नसक्ने । गुठीको उद्देश्यअनुरूप कार्य नभएको वा सञ्चालन नभई धर्मलोप हुन गएको भन्ने गुठी राख्नेको सन्तानलाई लाग्न गएको अवस्थामा उजुर गर्ने हकदैया निजलाई रहने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11481 |
|---|---|
| मुद्दाको विषय | धर्मलोप |
| निर्णय वर्ष / मिति | 2081/02/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | विनोद शर्मा, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुङ्गाना |
| मुद्दा नं. | ०७६-DF-००१० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11481 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
