नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11495 · वि.सं. २०८२

नि.नं. 11495 — गुणस्तरहीन वस्तुको मूल्य र क्षतिपूर्ति भराइ पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुको गुणस्तर merchantable quality को रहेको भन्ने दाबी बिक्रेताले मात्र गर्दैमा बिक्री गरिएको वस्तु merchantable quality कै रहेको भनी मान्न सकिने अवस्था नरहने । खरिदकर्तालाई पनि आफूले बिक्री गरेको वस्तु merchantable quality को रहेको भनी आश्वस्त पार्न सक्नुपर्ने । वस्तु बिक्री गर्नुपूर्व वस्तुको गुणस्तरको सुनिश्‍चितता गर्नु बिक्रेताको दायित्व हुने । (प्रकरण नं.११) नेपालको हकमा इन्धन आयात, ढुवानी, भण्डारण र वितरण गर्ने जिम्मेवारी पाएको एक मात्र निकाय नेपाल आयल निगम लिमिटेड रहेकोमा निगमसँग इन्धनको गुणस्तर जाँच गर्ने refine station नभएको भन्ने आधारमा आफ्नो दायित्वबाट छुट पाउन सक्ने अवस्था नरहने । आफूले अन्य राष्ट्रबाट खरिद गरी नेपाली बजारमा बिक्री गर्न अधिकारप्राप्‍त निकायले बिक्री गर्ने वस्तु गुणस्तरीय रहेको सुनिश्‍चित गराउनुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11495
मुद्दाको विषयगुणस्तरहीन वस्तुको मूल्य र क्षतिपूर्ति भराइ पाऊँ ।
निर्णय वर्ष / मिति2080/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशकुमार रेग्मी, डा. मनोजकुमार शर्मा
मुद्दा नं.०७४-CI-०२८८
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11495
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्