नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11484 · वि.सं. २०८२

नि.नं. 11484 — अपहरणपश्‍चात् हत्या

सिद्धान्त / नजिर सार (Headnote Summary)

क्षेत्राधिकारमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता तथा हानिको सिद्धान्तसमेतको अनुशरण गरेको पाइने । नेपाली नागरिकलाई अपहरण गरी नेपालबाहिर लगिन्छ भने पनि नागरिकको रक्षा गर्ने तथा अपराधजन्य कार्यको कारण नेपाली नागरिकलाई पर्न गएको क्षतिसमेतलाई मध्यनजर गरी सो आधारमा कानूनले नेपालका अदालतलाई मुद्दा हेर्ने क्षेत्राधिकार प्रदान गरेको देखिने । (प्रकरण नं.२) प्रतिवादीहरूबाट नाबालकलाई अपहरण गर्ने र हत्या गर्नेसमेतका कसुर हुन गएको भनी अभियोग पत्र पेस भएको एउटै कारोबार (single transaction) को शृङ्खला हुँदा भारतमा लास फेला परेको भन्‍ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्‍न नमिल्ने । भारतसँग नेपालको खुला सीमा रहेको कारण पनि नेपाली नागरिकलाई अपहरण वा अन्य तरिकाले भारत लगी भारतमा थप कसुर गर्ने सम्भावना रहने हुँदा हामीहरूले क्षेत्राधिकारको विषयमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता र हानिको सिद्धान्तलाई समेत अङ्गीकार गरेमा मात्र हामीहरूले आफ्ना नागरिकको सुरक्षा गर्न सकिने । अपहरण र हत्या एउटै कारोबारको शृङ्खलाको रूपमा घटेको हुँदा नेपालको अदालतलाई प्रस्तुत मुद्दाको सुनुवाइ गर्ने क्षेत्राधिकार रहे भएको देखिँदा अभियोग पेस भई सुनुवाइ गरेकोलाई क्षेत्राधिकारविहीन भन्न नमिल्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11484
मुद्दाको विषयअपहरणपश्‍चात् हत्या
निर्णय वर्ष / मिति2080/08/17
अदालत / इजलाससंयुक्त इजलास
मुद्दा नं.०७५-CR-०३५६ | ०७४-CR-०९१८ | ०७४-CR-०९८४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11484
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्