नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11486 · वि.सं. २०८२

नि.नं. 11486 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

यौन दुर्व्यवहारको अपराधमा पीडकको उद्देश्य पीडितलाई जिस्काउने, हैरानी दिने वा अन्य कुनै ढङ्गले पीडितउपर दुर्व्यवहार वा यौनजन्य क्रियाकलाप गर्ने रहेको हुन्छ भने जबरजस्ती करणी उद्योगको कसुरमा कर्ताको उद्देश्य केवल यौनजन्य क्रियाकलापमा मात्र सीमित नरही जबरजस्ती करणी नै रहेको हुने । यौन दुर्व्यवहारसम्बन्धी अपराधमा पीडकमा महिलाउपर करणी गर्ने इच्छा हुन वा नहुन पनि सक्छ तर जबरजस्ती करणीको उद्योगसम्बन्धी कसुरमा भने कर्ताले महिलाउपर जबरजस्ती करणी गर्ने उद्देश्य राखेर नै त्यस्तो कार्य गरेको तर कुनै कारण वा परिस्थितिले जबरजस्ती करणीको कार्य सम्पन्न हुन नसकेको हुने । जबरजस्ती करणीको उद्योगको कसुरमा पनि यौन दुर्व्यवहारको कसुरमा जस्तै पीडकले पीडितको संवेदनशील अङ्ग छुने वा छुन प्रयास गर्ने, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई समाउन लगाउनेलगायत महिला उपर अवाञ्छित व्यवहार हुन सक्ने भए तापनि जबरजस्ती करणीको उद्योगमा यस्ता कार्य पीडितउपर जबरजस्ती करणी गर्ने आशयले गर्ने हुनाले पीडकले आफ्नो उद्देश्य प्राप्‍तिका लागि आवश्यकताअनुसार बढी बल प्रयोग गरेको वा गम्भीर प्रकृतिको हर्कत गरेको हुनसक्नेतर्फसमेत विचार गर्नुपर्ने । यौन दुर्व्यवहार वा जबरजस्ती करणी उद्योगको कसुर बिचको भेद छुट्याउन पीडकले के उद्देश्यले त्यस्तो कार्य गरेको हो भनी निजले गरेको कार्यको प्रकृतिबाट यकिन गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11486
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2079/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशअनिलकुमार सिन्हा, नहकुल सुवेदी
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11486
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्