नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11485 · वि.सं. २०८२
नि.नं. 11485 — हक कायम नामसारी दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
सार्वजनिक हितप्रति समर्पित एकजना उदार मन भएका परोपकारी भावले अभिप्रेरित व्यक्तिको उदारताको लाभ समुदायले उठाउन पाउने प्रक्रिया र पद्धति नै गुठी हुने । जुन एक पटक प्रारम्भ भएपश्चात् निरन्तर रूपमा चलिरहने प्रक्रिया र प्रथाको रूपमा रहने । (प्रकरण नं.२) गुठीको स्थापना र संरक्षण गर्नुपर्ने, गुठीको सम्पत्ति मासिखान नहुने, पुरातात्तिक र ऐतिहासिक महत्त्व बोकेका मठ मन्दिरको सम्पत्ति नास गर्ने कार्यलाई अदालतले छुट दिन नसक्ने, गुठी एउटा भौतिक सम्पत्ति मात्र नभएर यसभित्र एउटा अलौकिक सम्पदा लुकेर रहेको र यस्तो सम्पदा सभ्यताको विकासको परिचयात्मक चिह्न रहेकोले यसको संरक्षण गरी अन्तरपुस्ता पुस्तान्तरण गर्न पनि गुठीको संरक्षण गर्नु राज्यको मात्र कर्तव्य नरही सरोकारवाला सबैको कर्तव्य र दायित्वसमेत रहने । (प्रकरण नं.३) मिथिला क्षेत्रमा रहेका मठ मन्दिरको संरक्षण गर्न, सोको सञ्चालन व्यवस्थापन गर्न, सनातन धर्म र संस्कृतिको जगेर्ना गर्नको निमित्त सुयोग्य पात्रको छनौट गरी यस्ता मठ मन्दिर देवालहरूको संरक्षण गरी संस्कृति र सम्पदाको पुस्तान्तरणको लागि लक्ष्मीनारायण मठ मटियानी स्थानलाई भेषधारी महन्थ नियुक्ति गरी चादर पगडी गरी दिनेसमेतको अधिकार संवत् १९३४ र १९७० मा भएको सनद लालमोहरसमेतबाट मान महन्थलाई प्रदान गरिएको भन्ने मान्यता रही आएको देखिने । (प्रकरण नं.५) महन्थ पदवी भनेको साधारण पदवी र जिम्मेवारी नभई असाधारण प्रकृतिको उच्च आचरणमा रहनुपर्ने र नैतिकतायुक्त, समाजको पथपर्दशकको भूमिकामा सामाजिक अभियन्ताको रूपमा स्थापित भई सोअनुसारको भूमिका खेल्नुपर्ने धार्मिक र सामाजिक पदवी रहेकोले उच्च नैतिक आचरण कायम राख्न नसक्ने व्यक्तिले यो पदको गरिमा बढाउन नसक्ने । (प्रकरण नं.८) गुठीको आत्मा भनेको नै परम्परादेखिको सभ्यता र संस्कृतिलाई निरन्तरता दिने, सामजिक र धार्मिक जगेर्ना गर्ने, समाजमा लोक कल्याणकारी कार्यहरू गरी मानवीय भावनाको प्रवर्द्धन गर्ने हुँदा यी वादी प्रतिवादीबाट कालान्तरसम्म यस्ता उद्देश्यको प्रवर्द्धन गर्छन र गरिरहने छन् भन्ने विश्वास गर्न लायक अवस्था नदेखिँदा दुवैलाई चुडामणी भगवान् चारूशिला कुञ्जस्थानको महन्त एवं संरक्षक कायम गरी मन्दिरको नाममा रहेको विवादित कि.नं. का जग्गा जमिन (चल अचल सम्पत्ति) हक कायम गरी नामसारी हुन नसक्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11485 |
|---|---|
| मुद्दाको विषय | हक कायम नामसारी दर्ता |
| निर्णय वर्ष / मिति | 2079/04/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | डा. मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७४-CI-०३६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11485 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
