नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11505 · वि.सं. २०८२
नि.नं. 11505 — सरकारी पर्ती जग्गा दर्ता गराई भ्रष्टाचार गरेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
भ्रष्टाचार शब्द यति ब्यापक छ कि यसलाई निश्चित परिभाषामा सीमित गर्नु आफैँमा कठिन र जोखिमपूर्ण भएकै कारण विधायिकाले यसको खास परिभाषा नगरी भ्रष्टाचारमा कारबाही गरिने केही कसुर र त्यसको सजाय मात्र उल्लेख गरेको तथ्य बोधगम्य भएबाट ऐनमा वर्णित कसुर मात्र भ्रष्टाचारको पूर्ण सूची (exclusive list) हुने भनी मान्न नमिल्ने र सोभन्दा बाहेकका कसुरसमेत भ्रष्टाचारको दायराभित्र पर्न सक्छन् भन्ने देखिने । भ्रष्टाचारजन्य कसुर हुनका लागि आरोपित व्यक्तिले गैरकानूनी लाभ वा हानी पुर्याउने बदनियतले काम गरेको छ वा छैन भन्ने प्रश्न महत्त्वपूर्ण हुने । जुनसुकै नियतले गरिएको भए तापनि कुनै काम कारबाही वा निर्णयको परिणाम सामान्यत एकै हुन्छ तर सोही काम कारबाही वा निर्णय असल नियतले गरिएको भएमा त्यस्तो कार्यलाई भ्रष्टाचारजन्य कसुर भनी मान्न नमिल्ने तर सोही कार्य आफू वा अरू कसैलाई गैरकानूनी लाभ वा सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्याउने बदनियतले गरिएको भएमा भ्रष्टाचारजन्य कसुरको परिभाषाभित्र पर्ने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11505 |
|---|---|
| मुद्दाको विषय | सरकारी पर्ती जग्गा दर्ता गराई भ्रष्टाचार गरेको |
| निर्णय वर्ष / मिति | 2079/12/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | सपना प्रधान मल्ल, नहकुल सुवेदी |
| मुद्दा नं. | ०६७-CR-००९६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11505 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
