नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11510 · वि.सं. २०८२

नि.नं. 11510 — कर्तव्य ज्यान र जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै अभियोग लागेको अभियुक्तले अदालतसमक्ष बयान गर्दा आफूउपरको आरोपित कसुरमा इन्कारी बेहोराको बयान गर्दैमा वा अनुसन्धानको क्रममा भएको आफ्नो साबिती बयान बेहोरा आफ्नो स्वेच्छापूर्वक नभई अन्यथा किसिमले भएको हो भनी जिकिर लिँदैमा त्यसले स्वतः प्रमाणको ग्राह्यता प्राप्‍त गर्न नसक्ने । त्यस्तो इन्कारी वा जिकिरले प्रमाण ग्राह्यता प्राप्‍त गर्नको लागि कुनै तथ्यपरक एवम् निश्‍चयात्मक प्रमाण दिई वा प्रस्तुत गरी सो इन्कारी वा जिकिरलाई पुष्टि गर्न सक्नुपर्ने । यदि अभियुक्तको कुनै प्रमाण विनाको इन्कारी बयान वा बयान जिकिर रहे भएको अवस्थामा सङ्कलित भएको कुनै अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणलाई पनि अदालतले निजका विरूद्ध प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.१७) एकीकृत कसुरको रूपमा सजायको मागदाबी लिइएका भिन्न भिन्न कसुरको हकमा तत्‌तत् कसुरमा सङ्कलित भएका सबुद प्रमाणहरूको आधारमा कसुर ठहर हुने वा नहुने निष्कर्ष निकाल्नुपर्ने । एकीकृत कसुर र सजायको मागदाबी लिइएका कसुरहरूमध्ये वारदातको कारण वा जरियाको रूपमा सजायको दाबी लिइएको कसुर नै ठहर नभएको अवस्थामा अन्य सम्बद्ध कसुरलाई ठहर गर्न र सजाय गर्न मिल्दैन भन्नु प्रमाण कानूनको सिद्धान्त र विधिशास्त्रीय मान्यताको प्रतिकूल हुने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11510
मुद्दाको विषयकर्तव्य ज्यान र जबरजस्ती करणी
निर्णय वर्ष / मिति2081/03/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशडा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11510
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्