नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11517 · वि.सं. २०८२
नि.नं. 11517 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
सामान्यतया लगाउमा रहेका मुद्दाहरूको कारबाहीमा जुन कार्यविधिबाट मुद्दाका पक्षहरूलाई सहज हुने देखिन्छ सोही कार्यविधिबाट नै मुद्दाको कामकारबाही अघि बढाउनुपर्ने । भिन्न भिन्न कार्यविधि अपनाइने कुनै दुई वा सोभन्दा बढी मुद्दाहरू एकआपसमा अन्तरप्रभावी रही लगाउमा रहेको कारण दुवै मुद्दामा एकैदिनको तारिख तोकिएकोमा तोकिएको तारिख गुज्रिई, गुज्रेको तारिख थमाउने निवेदन दिँदा उक्त दुईवटा मुद्दाहरूमध्ये एउटा मुद्दामा तारिख थामिने र अर्को मुद्दामा तारिख नथामिने गरी कुनै न्यायिक निकायबाट आदेश हुँदा न्यायिक अनिश्चितताको अवस्था सिर्जना भई पक्षहरूको न्यायको पहुँचमा समेत बाधा व्यवधान सिर्जना हुन पुग्ने । सुरू अदालतका स्रेस्तेदार तथा न्यायाधीशबाट लगाउको मुद्दामा गुज्रेको तारिख थामिने र अन्य मुद्दामा निवेदकको गुज्रेको तारिख नथामिने भनी भएको आदेश र सो आदेश सदर हुने गरी उच्च अदालतबाट भएको आदेशले न्यायिक निश्चिततामा प्रश्न खडा गरी रिट निवेदकको न्यायिक पहुँचसम्बन्धी हक अधिकारमा आघात पुर्याउनुका साथसाथै विधिको शासनको मूल्य मान्यतासमेत उल्लङ्घन हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11517 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2080/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | डा. मनोजकुमार शर्मा, बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०७५-WO-००३४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11517 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
