नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11514 · वि.सं. २०८२
नि.नं. 11514 — परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
आखेटोपहारहरूको अवैध प्रयोगलाई निषेध गरी उचित र व्यावहारिक व्यवस्थापन गर्ने विषयलाई वातावरणीय कानूनमा रहेको सावधानीको सिद्धान्त (उचभअबगतष्यलबचथ उचष्लअष्उभि) तथा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने (ष्ल मगदष्य उचय लबतगचब) सिद्धान्तको आधारमा समेत हेर्नुपर्ने । सावधानीको सिद्धान्तअनुसार आखेटोपहारको व्यवस्थापनले वन्यजन्तु तथा पारिस्थितिकी प्राणालीको संरक्षण गर्न आखेटोपहारको व्यवस्थापन र नियमन गर्ने मात्र नभई यसको कडा निषेध गर्न कानूनी र नियामक प्रणालीहरू प्रभावकारी कार्यान्वयन हुनुपर्ने । (प्रकरण नं.१३) नियमन र नष्ट गर्नाले आखेटोपहारको माग घटाउँछ र शिकार गर्ने तथा खरिद गर्ने दुवैलाई निरूत्साहन गर्ने । यसले वन्यजन्तु संरक्षणको लागि देशको प्रतिबद्धता र लोपोन्मुख प्रजातिहरूको शोषण विरूद्धको विश्वव्यापी अडानलाई सुदृढ गर्ने । साथै चोरी वा भ्रष्टाचारमार्फत अवैध बजारमा फिर्ता जाने जोखिम पनि घटाउने । सरकारले जफत तथा अन्य कारणले संकलित आखेटोपहारलाई जलाई नष्ट गर्ने कार्यले विश्वमा वन्यजन्तुको आखेटोपहारको मूल्य शून्य हुने भन्ने सन्देश दिने । वन्यजन्तुको सौन्दर्यता भनेको वन्यजन्तुको जीवित अवस्थामा मात्र हो भन्ने सन्देश दिई मारिएका र मरेका वन्यजन्तुको अङ्ग, छाला आदिको प्रयोग गरी सौन्दर्य र विलासीको लागि प्रयोग गर्ने कार्यलाई निरूत्साहित गर्नको लागि आखेटोपहारको नष्ट गर्नुपर्ने । आखेटोपहारको प्रयोग र मागलाई हतोत्साहित गर्ने अवधारणाबाट नै अगाडि जानुपर्ने । (प्रकरण नं.२७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11514 |
|---|---|
| मुद्दाको विषय | परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2080/02/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11514 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
