नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11512 · वि.सं. २०८२

नि.नं. 11512 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

नाता पुस्तामा विवाद नहुनु वा अंशबन्डा गर्नुपर्ने नाता सम्बन्धको व्यक्ति हुनु भनेको नै स्वतः अंश पाउने भनी अर्थ गर्न नमिल्ने । निजहरूबिच पहिले अंशबन्डा भई भिन्‍न भए नभएको यकिन हुनुपर्ने । (प्रकरण नं.३) व्यवहार प्रमाणको यकिन गर्ने विषय मुद्दाको तथ्य, सम्पत्तिको प्रकृति तथा वादी प्रतिवादीहरूको आचरण र व्यवहारलगायतका समग्र घटनाक्रम र परिस्थिति हेरी न्यायकर्ताले निर्क्यौल गर्ने विषय देखिने । कुनै निरपेक्ष नियम वा गणितीय सूत्रका रूपमा हेरिनु उचित नहुने । (प्रकरण नं.६) वतन फरक भएको भन्‍ने आधारमा मात्र बन्डा भएको निष्कर्षमा पुग्नु उचित नहुने, तथापि वादी प्रतिवादीहरू आफ्नो स्मृतिभन्दा पूर्व (तष्mभ ष्mmझयचष्ब)ि देखि नै पुस्तौनी फरक वतनमा बसोबास गर्दै आइरहेको भनी जिकिर लिएको अवस्थामा सो तथ्य पनि व्यवहार प्रमाणको दृष्टिले विचारणीय देखिने । (प्रकरण नं.७) समयको अस्वाभाविक अन्तराल पनि व्यवहार प्रमाणबाट बन्डा भए नभएको हेरिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष हुने । कानूनले अंशमा दाबी गर्नका लागि निश्‍चित हदम्याद निर्धारण नगरेको भए तापनि व्यवहार प्रमाणको दृष्टिले समयको अस्वाभाविक अन्तराल कतिपय अवस्थामा आफैँमा अलग व्यवहारको सजिव प्रमाण हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11512
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2081/11/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशडा. नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11512
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्