नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11515 · वि.सं. २०८२

नि.नं. 11515 — उत्प्रेषण, निषेधाज्ञासमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने र त्यस्तो व्यक्ति अन्य कुनै सार्वजनिक पदमा रही कामकाज गर्नसमेत रोक लगाइएको मानिने । (प्रकरण नं.२) भ्रष्टाचारसँग सम्बन्धित विषयवस्तु समावेश भएको अवस्थामा उक्त विषयवस्तुलाई निर्देशित गर्न विशेष ऐनको रूपमा जारी गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ ले गरेका व्यवस्थाहरू विशेष कानूनसरह लागु हुने हुँदा यस्तो अवस्थामा भ्रष्टाचारको सम्बन्धमा अन्य कानूनमा भएका व्यवस्थाहरू सामान्य कानूनसरह हुने भई उक्त समान्य कानूनको व्यवस्थाले विशेष कानूनको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ मा रहेको व्यवस्थालाई निस्तेज गर्न नसक्ने । (प्रकरण नं.४) कुनै पनि व्यक्तिउपर भ्रष्टाचारको मुद्दा दायर गर्दा तथा निजउपरको अभियोगलाई अदालतले मिसिल संलग्न प्रमाणको रोहमा विचार गर्दा निज सार्वजनिक पदमा थिए, थिएनन् भन्ने प्रश्‍नभन्दा पनि सार्वजनिक पदमा रहँदा बस्दाको अवस्थामा निजले उक्त पदको दुरूपयोग गरेका थिए, थिएनन्, राज्यलाई हानि नोक्सानी पुर्‍याउने काम गरेका थिए, थिएनन्, अनुचित लाभ लिएका थिए थिएनन् जस्ता विषयवस्तु हेरिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11515
मुद्दाको विषयउत्प्रेषण, निषेधाज्ञासमेत
निर्णय वर्ष / मिति2080/11/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशहरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना
मुद्दा नं.०७६-CI-०६२४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11515
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्