नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11518 · वि.सं. २०८२
नि.नं. 11518 — उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपालको संविधानको अनुसूची-८ को क्र.सं.१० मा स्थानीय बजार व्यवस्थापन गर्ने विषयलाई स्थानीय तहको एकल अधिकारको सूचीमा सूचीकृत गरिएबमोजिम व्यापार, व्यवसाय सञ्चालन गर्ने अधिकार आम नागरिकको भए पनि यस्तो अधिकार निरपेक्ष नहुने । व्यापार व्यवसाय गर्ने कुरा प्रचलित कानूनको अधीनमा रही हुने र राज्यले व्यापार व्यवसायसँग सम्बद्ध कानूनबमोजिम नियमन गर्नसक्ने । सडकपेटीमा गरिने व्यापार व्यवसायको कारण आवागमन अवरूद्ध हुने र पैदल यात्रीसमेत सडकबाट हिँड्दा दुर्घटना हुने सम्भावनालाई उपेक्षा गर्न वा नजरअन्दाज गर्न नमिल्ने हुँदा यस्ता कुरालाई व्यवस्थित गर्नु राज्य संयन्त्रको दायित्वको विषय भएकोले महानगरपालिकाले पैदल यात्री तथा सवारी साधनको आवागमनलाई व्यवस्थित गर्न चालेका कदमलाई अन्यथा अर्थमा ग्रहण गर्न नहुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11518 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ |
| निर्णय वर्ष / मिति | 2081/03/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | डा. कुमार चुडाल, महेश शर्मा पौडेल |
| मुद्दा नं. | ०७९-WO-०९९१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11518 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
