नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11516 · वि.सं. २०८२
नि.नं. 11516 — सम्पत्ति शुद्धीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सम्पत्ति शुद्धीकरणको कसुर हुनका लागि सम्बद्ध कसुर (उचभमष्अबतभ याभलअभक) र त्यस्तो कसुरबाट प्राप्त सम्पत्तिको विद्यमानता हुनुपर्ने । सम्बद्ध कसुरबाट प्राप्त सम्पत्तिको वास्तविक प्रकृति, आयस्रोत, स्थान, हस्तान्तरण, गति र त्यसमाथिको अधिकार वा स्वामित्वलाई सो सम्पत्ति आपराधिक कार्यबाट प्राप्त भएको होइन भनी उक्त सम्पत्तिलाई वैध देखाउन (बउउभबच तय दभ भिनष्तष्mबतभ) गरिने कार्य नै सम्पत्ति शुद्धीकरणको कसुर हुने । अपराधबाट सिर्जित सम्पत्तिलाई वैध गराउने कार्यले आपराधिक क्रियाकलापलाई प्रोत्साहन गर्ने र वैध गराइएको सम्पत्तिले अर्थतन्त्रमा क्रमबद्ध असर (चष्उउभि भाभअतक) पुर्याउने भएकाले सम्पत्ति शुद्धीकरणको कसुरलाई गम्भिर प्रकृतिको कसुरका रूपमा लिइने । (प्रकरण नं.२) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई सह–अपराध भनी उल्लेख भए तापनि ऐ. ऐनको दफा २९ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई स्वतन्त्र कसुर (कतबलमबयिलभ याभलकभ) रूपमा लिएको देखिने । सम्बद्ध कसुरमा अभियोजन नभए तापनि सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही हुने गरी ऐनको दफा ३ ले गरेका व्यवस्थाभन्दा फरक प्रावधान गरी दफा २९ बमोजिम स्वतन्त्र कसुरमा मात्रै पनि कारबाही चलाउन सक्ने गरी ऐनमा विधायिकी मनसाय व्यक्त भएकोले कुनै प्रतिवादीलाई सम्बद्ध कसुरमा अभियोजन नचलाइएको कारणले मात्र निजलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोजन गर्न नमिल्ने नेदेखिने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11516 |
|---|---|
| मुद्दाको विषय | सम्पत्ति शुद्धीकरण |
| निर्णय वर्ष / मिति | 2080/11/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | हरिप्रसाद फुयाल, बालकृष्ण ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11516 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
