नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11506 · वि.सं. २०८२
नि.नं. 11506 — उत्प्रेषण परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को पहिलो वाक्यको बनावट (construction) लाई दोस्रोले, दोस्रोलाई तेस्रोले स्पष्टता दिएको देखिने । उक्त दफा ११ लाई समाञ्जस्यपूर्ण तरिकाबाट व्याख्या (harmonious interpretation) गरिनुपर्ने । कानूनको परिवर्तित सन्दर्भ र संशोधनको मर्मलाई पनि बुझ्नुपर्ने । (प्रकरण नं.१०) पुनरावलोकनको निमित्त पहिले फैसला भन्नाले सर्वोच्च अदालतको संयुक्त इजलासमा बसी आफैँले गरेको फैसलाउपरको पुनरावलोकनमा अनुमति दिन वा नदिन र अनुमति भएकोमा पछि अनुमति दिने न्यायाधीशले पुनरावलोकनउपर सुनुवाइ गर्न नमिल्ने भन्नुको उद्देश्य आफूले गरेको फैसला आफैँले पुनरावलोकन गर्न नपाउने । पुनरावलोकनलाई दोहोर्याई पाउँ र पुनरावेदनको रोहमा हेर्दा मुद्दा हेर्न मिल्ने नमिल्ने सन्दर्भमा फरक दृष्टिकोणबाट नै हेर्नुपर्ने । यस अघिको कानूनी व्यवस्थाले आफ्नो फैसलाको पुनरावलोकन आफैँ गर्ने अवधारणाबाट परिवर्तित प्रावधानले आफ्नो फैसला आफैँ पुनरावलोकन नगर्ने अवधारणामा पुगेको हो । पहिला फैसला गर्ने न्यायाधीशबाहेक अन्य न्यायाधीशबाट अनुमति प्रदान गर्ने वा नगर्ने आदेश गर्नुपर्ने छ भन्नुको अर्थ आफ्नो फैसलालाई आफैँले पुनरावलोकन गर्न नपाउने अर्थमा नै बुझ्नुपर्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11506 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2081/10/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | सपना प्रधान मल्ल, बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०७७-WO-०५६३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11506 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
