नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11498 · वि.सं. २०८२

नि.नं. 11498 — लिखत दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

सुरू अदालतले मुल्तबीमा राख्‍ने गरी गरेको आदेश बदर गराउन नगई तत्काल स्वीकार गरी बस्ने, सुरू फैसलाउपर उच्च अदालतमा गरेको पुनरावेदनमा यस विषयमा जिकिर नै नलिने र उच्च अदालतले गरेको फैसलामा सोही आफूले जिकिर नै नलिएको विषयमा नबोलिएको त्रुटि भएको भनी यस अदालतमा जिकिर प्रस्तुत गर्नु प्रचलित कार्यविधि कानूनको उचित प्रक्रियाको सिद्धान्त (principle of due process of law) को प्रतिकूलसमेत देखिने । कार्यविधि कानूनको उचित प्रक्रियाको सिद्धान्तलाई अदालत तथा न्यायिक निकायहरूले मात्र नभई मुद्दाका सम्बन्धित पक्षहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने । पहिलो पुनरावेदनमा जिकिर नलिई स्वीकार गरी बसेको विषयमा अन्तिम पुनरावेदनको रोहबाट निरूपण गर्न कानूनको उचित प्रक्रियाको सिद्धान्तअनुसार नमिल्ने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11498
मुद्दाको विषयलिखत दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2081/05/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशडा. नहकुल सुवेदी, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७६-CI-०५७६
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11498
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्