नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11513 · वि.सं. २०८२

नि.नं. 11513 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

राष्ट्र बैंक ऐन, २०५८ को दफा ५१ ले नेपाली रूपैयाँ १०० पैसामा विभाजित हुने भन्ने मौद्रिक इकाइको व्यवस्था गरेबाट दशलमवपछाडि रहने दुई अङ्कले पैसालाई मात्र इंगित गर्छ भन्न सकिने भए पनि बोलपत्रको रकम प्रस्तावित गर्दा दशमलवपछि दुईभन्दा बढी अङ्क उल्लेख गर्न पाइँदैन भनी व्यवस्था गरेको सम्झन नमिल्ने । राष्ट्र बैंकले नै समय समयमा जारी गरेको ट्रेजरी बिलमा पनि दशमलव पछाडि ४ अङ्क उल्लेख गर्ने गरेको देखिने । फेरि बोलपत्र पेस गर्ने र पेस भएका बोलपत्रको मूल्याङ्कनको आधार बोलपत्रको सूचनामा उल्लिखित सर्तहरू नै हुने । यदि दशमलवपछि यतिभन्दा बढी अङ्क उल्लेख गरेकोलाई मान्यता दिइने छैन भन्ने बोलपत्रको मनसाय र उद्देश्य रहेको भए सूचनामा सो सर्त स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने । (प्रकरण नं.५) एकपटक सार्वजनिक सूचनाबाट सूचित भई सोलाई आधार बनाई सहभागी बोलपत्रदाताको बोलपत्र मूल्याङ्कन भइसकेपश्‍चात अन्य सर्त थप हुने अवस्था नहुने । पूर्वप्रकाशित सार्वजनिक सूचनामा हेरफेर गर्नु परेमा सोको जानकारी सार्वजनिक रूपमा नै हुनुपर्ने । सार्वजनिक निकाय र बोलपत्रदाता दुवैका लागि आह्वान गरिएको बोलपत्रका सर्त वा बन्देजहरूको कार्यान्वयन स्वेच्छिक नभई बाध्यकारी व्यवस्थाको रूपमा लिनुपर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11513
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2079/09/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशतिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७८-WO-१५४४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11513
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्