नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11499 · वि.सं. २०८२

नि.नं. 11499 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

दाइजो वा पेवा आफूखुसी गर्न नपाउने गरी अन्य कुनै कानूनी व्यवस्थाले सङ्कुचन वा नियन्त्रण गरेको नदेखिने । दाइजो, पेवाबाट आर्जित सम्पत्ति अन्य कसैलाई बिक्री व्यवहार हक हस्तान्तरण गर्न निषेध नगरी आफूखुस गर्न पाउने हकको रूपमा स्त्री अंशधनको महलको ५ नं. र अंशबन्डाको १८ नं. को व्यवस्था भएको पाइने । (प्रकरण नं.४) अंशबन्डा हुँदा वा गर्दाको बेलामा दाइजो वा पेवाको सम्पत्ति अंशियार बाबुआमाको नाउँमा नै रहेका छन् भने छोराछोरीहरूले सगोलको सम्पत्तिका रूपमा अंश हक प्राप्‍त गर्ने । निजी आर्जन आफूखुस गर्न पाउने गरी कानूनले प्रदान गरेको हकलाई उपभोग गरी अन्यत्र व्यक्तिलाई हस्तान्तरण गरिसकेको भए बन्डा प्रयोजनको अवस्था नै नरहने हुँदा यही आलोकमा साबिक मुलुकी ऐनको स्त्री अंश धनको महल र हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को दुवै व्यवस्थाहरू व्याख्या गरिँदा नै उक्त कानूनी व्यवस्थाहरूको कानूनसङ्गत व्याख्या तथा प्रयोगमा द्विविधा नहुने । अन्यथा साबिक मुलुकी ऐन, स्त्री अंश धनको महलको अपव्याख्या हुन गई हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ नै निष्क्रिय बन्न जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11499
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/07/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ, डा. कुमार चुडाल, तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७८-DF-००१६ | ०७८-DF-००१८
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11499
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्