नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11503 · वि.सं. २०८२

नि.नं. 11503 — झुट्टा विवरण पेस गरी नागरिकता लिई किर्ते गरेको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानून प्रतिकूल तवरबाट नागरिकताको प्रमाणपत्र तयार गरी राहदानी लिने कार्यमा प्रयोग गरेको अवस्थामा नागरिकता रद्द भइसकेको भन्ने आधारमा नै प्रतिवादीलाई सफाइ दिन नमिल्ने । कसुरजन्य कार्य भएको अवस्थामा सोबापत कानूनबमोजिमको फौजदारी दायित्व प्रतिवादीले बेहोर्नु नै पर्ने । किर्ते गरी बनाएको नागरिकताको प्रमाणपत्र रद्द गरिनु स्वाभाविक कानूनी प्रक्रिया हुँदा किर्ते गरी बनाइएको नागरिकता रद्द भएको कारणबाट किर्ते गर्ने प्रतिवादीलाई कसुरबाट उन्मुक्ति प्राप्‍त हुन नसक्ने । किर्ते नागरिकता प्रयोग गरी राहदानी लिएको देखिँदा यसलाई झुट्टा विवरण पेस गरी राहदानी लिएको मान्नुपर्ने । नागरिकताको प्रमाणपत्र सरकारी कागज भएको र त्यस प्रकारको सरकारी कागजमा रहेको बेहोरा विगारी आफूखुसी प्रतिवादीले थपघट गरेको हुँदा यसलाई सरकारी कागज किर्ते गरेको कसुरसमेत मान्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11503
मुद्दाको विषयझुट्टा विवरण पेस गरी नागरिकता लिई किर्ते गरेको ।
निर्णय वर्ष / मिति2080/01/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशईश्‍वरप्रसाद खतिवडा, हरिप्रसाद फुयाल
मुद्दा नं.०७१-CR-०२५०
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11503
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्