नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 411 · वि.सं. २०२५
नि.नं. 411 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. जानिफकार भई आफ्नो उमेर लेखाएको देखाएको भए र कम्ति यति नै वर्षको उमेर भन्ने कुराको अकाट्य प्रमाण गुजार्न नसकेमा र डाक्टर जाँचबाट समेत वर्ष १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनि भनी अनुमान गरेमा पहिले अनभिज्ञ अवस्थाको बयानको उमेरको उमेर कायम गर्न नमिल्ने । चोरी मुद्दामा निज हनिफले १२।१२।२४ मा बयान गर्दा ११ वर्ष लेखिएको देखिएको । त्यस हिसाबबाट १७।७।९ गते वारदात र १७।७।१५ मा बयान गर्दाको अवस्था १५ वर्ष करिब ७ महिनाको मात्र देखिन आउने भन्ने मुख्य आधार लिएको समेत देखिन आयो । जुत्ताचोरी मुद्दामा १२।१२।२४ गते बयान गर्दाको मितिमा ठिक ११ वर्ष नै पुगेको थियो भन्ने कुराको अकाट््य सबुद प्रमाण कुनै नभएको समेत हुँदा निज हनिफ आफैले यो मुद्दामा बयान गर्दा आफ्नो उमेर १९ वर्ष लेखाई राखेको यस्तो कुरामा जानकार भईसकेपछि आफू १९ वर्षको भएँ भनी लेखाएको उमेरलाई कायम नमानी अनभिज्ञ बालक अवस्थामा ११ वर्षको भएँ भनी लेखाएको उमेरलाई कायम मान्न नमिल्ने र १९।१।२५ मा डाक्टर जाँच गराउँदा १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनि हुनु पर्छ भनी लेखी दिएको कुरा पनि अनुमानिकसम्म भई किटानी नभएको समेत हुँदा निज हनिफ १६ वर्ष नपुगेको पुरा सजाय नहुने भन्न मिल्ने देखिन आएन । (प्रकरण नं १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 411 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2025/02/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 411 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
