नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 412 · वि.सं. २०२५

नि.नं. 412 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. बाजे (प्रतिवादीको) को प्रकाश गरी राखेको स्वास्नीबाट वादी जन्मेको प्रमाणित भएको र वादी प्रतिवादीको बाबु दुवै बाजे (प्रतिवादीको) को दुई स्वास्नीतर्फका छोरा समान हकका अंशियार देखिन आएमा वादीले अंश नपाईसकेको भए अंश पाउनु पर्ने देखिन आउने । रामचरणको छोरा कायम गरी पाउँ भनी वादी सिउप्रसादले प्रतिवादी बाबादिन उपर दिएको जालसाजी मुद्दा पट्टि आजै यस बेञ्चबाट भएको फैसलाबाट वादी सिउप्रसाद रामचरणको प्रकाश गरी राखेको स्वास्नीबाटै जन्मेको छोरा ठहर भएकाले अंशियारै होइन भन्ने प्रतिवादीको उपरोक्त जिकीर समर्थित हुन आएन । वादी सिउप्रसाद र प्रतिवादी बावादीनको बाबु गुलाम दुवै जना रामचरणका २ स्वास्नी पट्टिका छोरा समान हकका अंशियार देखिन आएको र वादीले अंश लिई पाइसकेको भन्ने प्रतिवादीको जिकीर नभएकाले समेत वादीले प्रतिवादीबाट अंश पाउनै पर्ने देखिन्छ । (प्रकरण नं. १२) २. मानो छुट्टिएको मिति कुन दिन कायम गर्ने ? मानो छुट्टिएको मिति भनेर वादीले एक दिन देखाएको र प्रतिवादीले वादी अंशियार नै होइन भनेर जिकीर लिई प्रतिवादीको मुख नमिलेर मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वकको लिखत सबुद पनि नभए वादीले नालेस गरेको दिनको अधिल्लो दिनलाई मानु छुट्टिएको कायम गर्नुपर्ने । वादीले ०१७ साल कार्तिक ३० गतेको मिति देखाएकोमा प्रतिवादीले अंशियारै नहुँदा अंश दिनु नपर्ने कुराको जिकीर लिएको भई सो मितिमा मानो छुट्टिएको भन्ने कुरामा प्रतिवादीको मुख नमिलेको र मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वकको लिखत सबुद पनि नभएकोले यस स्थितिमा वादीले नालेस गरेको ०१७।८।७।३ को अधिल्लो दिन ०१७।८।६।२ लाई नै मानु छुट्टिएको मानि कायम मान्नु पर्ने हुन आएको छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.412
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2025/02/11
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 412
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्