नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 416 · वि.सं. २०२५

नि.नं. 416 — डाका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मौकामै देख्ने व्यक्तिहरू र साक्षीले समेतले किर्ते पोल गरेको र घर (अभियुक्तको) खानतलासिमा दसि वरामद भएको प्रमाणहरू मौजुद रहेमा आरोपित कसुर प्रमाणित हुने । मौकामा देख्ने भनेको सर्जमिनहरू र वादीका साक्षी समेतले किटानसाथ पोल गरेको र मिर हुसेनको घर खानतलास हुँदा धोती सारीहरू दसि वरामद पनि हुन आईरहेको समेत उपरोक्त प्रमाणहरूबाट प्रतिवादी किरहुसेन मोलवीहरूले कसुर गरेकै देखिन आउने । ती कुराहरूलाई अनुमानित तर्कसम्मको आधारमा खण्डन गरी सफाई दिन न्यायसंगत हुन नआउने समेत हुँदा कसुर ठहराएको शुरु विरगञ्ज इ.अ.को सदर गरी विरगञ्ज जिल्ला अदालतबाट ०२०।१।५।५ मा छिनेको इन्साफ मनासिव ठहर्छ । निजहरूलाई सफाई दिने गरेको ०२२।३।२३।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.416
मुद्दाको विषयडाका
निर्णय वर्ष / मिति2025/05/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 416
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्