नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 409 · वि.सं. २०२५
नि.नं. 409 — जग्गा जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. ५८ सालको सनद र ६० सालको तोक सदरहरू क्रियाशील नै–किपट जग्गा छिन्ति सदर हक छुट्याई लिनु दिनु गर्न नपाईने । सो दुवै तिथीमा भएको सनद तोक सदरबमोजिम कुरा समेत एउटै गरी अड्डाखाना र लिम्बु समेतले थाहा पाउने गरी ऐनमा पारी दिने भन्ने मुलुकी अड्डा ऐन सवाल फाँटले जाहेर गरेको रिपोर्टको दफा ३ मा उल्लेख भई ०३।११।१६।५ मा तोकसदरसम्म भएको सोबमोजिम ऐनमा पारी ऐन बनेको नदेखिएको भए पनि त्यसमा उल्लेखित ५८ सालको सनद र ६० सालको तोक सदरहरू क्रियाशील नै रहेको । त्यसबाट किपटको बाँझो पाखासम्म पानी खेत गरी तिरो गरी खानु भनी ४ किल्ला हाली राजीनामा फार्छेको तोरसँग लेखी दिन पाउने र आवादी जग्गाको हकमा छिन्ति गरी हक छाडी लिनु दिनु गर्न नपाउने प्रष्टै भएको छ । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 409 |
|---|---|
| मुद्दाको विषय | जग्गा जालसाजी |
| निर्णय वर्ष / मिति | 2025/01/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 409 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
