नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 407 · वि.सं. २०२५

नि.नं. 407 — जग्गा दर्ता लेखत बदर समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. बिक्री व्यवहार गर्दा यसले गरेको वा गर्नुपर्ने भन्ने प्रमाणित सबुद नभएमा र एकजना भन्दा बढीको नाउँमा दर्ता भएको भए तीमध्ये एक जनामात्र थपको मुख्य प्रमाणित हुन नसक्ने । कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा गर्नु भन्ने किसिमको प्रमाणित सबुद केही नदेखिएको र झगडा परेको जग्गा पहिले दर्ता हुँदा वादी लक्ष्मी र प्रतिवादी लछुमन दुवै जनाको नाउँमा दर्ता भएको देएिकोले यस जग्गाको लागी वादी मात्र घरको मुख्य भन्ने कुरा प्रमाणित हुन नसक्ने र सगोल दर्ता भए पनि २ जनाको नाउँ लेखिएको दर्ताले दुवै जनाको हक आधा आधा हो भन्ने प्रष्ट गर्ने भई त्यस्तो दर्तावालाले आफ्नु हक जति बिक्री गर्न पाउँदैन भन्न न्याय र कानून अनुकूल नभएको । त्यस्तो जग्गाको दर्ता छुट्याई दर्ता गरी दिँदा संयुक्त दर्तावालाको आफ्नु हक जतिमा हक मेटिने नभएकोले साविक दर्ताबाट जसको जति हक देखिन्छ, उतिको दर्ता फुटाई दिन पनि अवैधानिक नदेखिएको समेतबाट प्रतिवादी लछुमनले आफ्ना नाउँमा दर्ता रहेको आफ्नु हक जतिमात्र बिक्री दर्ता गरेको सदरै हुने हुँदा बदर गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन । (प्रकरण नं. १२) २. जति जनाको सगोल दर्ता छ, सो दर्तामा ती सबैको हक हुने । ती दर्तावालाहरू मध्येले आफ्नो हक जतिमात्र दर्ता फुटाई बिक्री दर्ता गरेको सदर हुने । कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा गर्नु भन्ने किसिमको प्रमाणिक सबुद केही नदेखिएको र झगडा परेको जग्गा पहिले दर्ता हुँदा वादी लक्ष्मी र प्रतिवादी लक्ष्मण दुवै जनाको नाउँमा दर्ता भएको देखिएकोले यस जग्गाको लागी वादीमात्र घरको मुख्य भन्ने कुरा प्रमाणित हुन नसक्ने र सगोल दर्ता भए पनि २ जनाको नाउँ लेखिएको दर्ताले दुवै जनाको हक आधा आधा हो भन्ने प्रष्ट गर्ने भई त्यस्तो दर्तावालाले आफ्नो हक जति बिक्रि गर्न पाउँदैन भन्ने न्याय र कानून अनुकूल नभएको त्यस्तो जग्गाको दर्ता छुट्याई दर्ता गरी दिँदा संयुक्त दर्तावालाको आफ्नो हक जतिमा हक मेटिने नभएकोले साविक दर्ताबाट जसको जति हक देखिन्छ, उतिको दर्ता फुटाई दिन पनि अवैधानिक नदेखिएको समेतबाट प्रतिवादी लछुमनले आफ्ना नाउँमा दर्ता रहेको आफ्नु हक जतिमात्र बिक्रि दर्ता गरेको सदरै हुने हुँदा बदर गरी पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.407
मुद्दाको विषयजग्गा दर्ता लेखत बदर समेत
निर्णय वर्ष / मिति2024/11/24
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 407
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्