नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 398 · वि.सं. २०२५
नि.नं. 398 — बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कानूनी प्रश्न (Question of Law) र कानूनी तथ्य (Matter of Law) मा भिन्नता–कानूनी तथ्य सम्पूर्ण र कानूनी प्रश्न सम्पूर्ण अंगको एउटा प्रत्येक (a part of the whole) कानूनी प्रश्न (Question of Law) र कानूनी तथ्य (matter of law) एउटै हैन । कानूनी तथ्यको सिमा विस्तृत छ । कानूनी तथ्य सम्पूर्ण हो । कानूनी प्रश्न यस सम्पूर्ण अंगको एउटा प्रत्येक (a part of the whole) मात्रै हो । (प्रकरण नं. ३६) (२) जन्मभर जागिर खान नपाउने गरी बात लागेको व्यक्तिको बात फुकेको देखिए व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको भन्ने देखिन नसक्ने । बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको हो भन्ने कतैबाट देखिन आएन र जुन बात लागेको हो सो बात फुकी सकेको भन्ने समेत देखियो । अतः जन्मभर जागिर खान नपाउने गरी बात लागेको व्यहोरा ढाँटी सरकारी सेवा प्रवेश गरेको भन्ने आरोप पुनरावेदक माथि लाग्न सक्ने देखिन आएन । (प्रकरण नं. ४१) (३) कस्तो किर्ते गर्यो गरायो भन्ने आरोप तथ्यहिन देखिने ? अड्डामा खडा भएको कागज अड्डैमा रहने र किर्ते गर्न गराउन अरु (अड्डैको कर्मचारीको पनि) सहायता लिनु पर्ने कुनै कारण मतलव नभएको मानिससँग मिली गर्नु गराउनु पर्ने कारण नदेखिएमा त्यस्तो आरोप तथ्यहिन देखिने । सो सिटरोल पुनरावेदक कृष्णप्रसादको हातमा नरही किताबखानामा रहने कागज भएको र त्यस्तो अड्डाखानामा रहेको कागज कृष्णप्रसाद एक्लैले मात्र किर्ते काम गर्न असम्भवकै कुरा देखिन आएको । निजले अरु मानिसको सहायता लिई किर्ते गर्यौ कि भन्नलाई त्यस्तो किर्ते काम गर्नलाई एकजना व्यक्तिको मात्र सहयोगले हुन नसक्ने भन्ने कुरा सिटरोलमा हजुरीया दर्शन गराउने भन्ने समेत महलमा विभिन्न व्यक्ति रहे भएको हुँदा सो कुराबाट प्रष्ट हुन आउँछ । उक्त सिटरोलमा लेखिएको अफिसरहरू र ती सिटरोलमा लेख्ने व्यक्ति समेत उपर कुनै उजुरवाजुर परेको नदेखिएको । पुनरावेदकलाई फाइदा हुने कुरामा बिना मतलवले उक्त अफिसर समेतका व्यक्तिहरू मिली त्यसरी सिटरोल किर्ते गर्नुपर्ने कुनै कारण र मतलब समेत कुनै केही देखिन नआएको र मौकैमा सिटरोल खडा गर्ने काम पुनरावेदकको नभई किताबखानाकै काम देखिएको र ९५।८।१० मा खडा भएको भनेको सिटरोल काटिएको भए उक्त सिटरोलको पुछारमा नेपालमान सिंह, आदन्दबहादुर भन्ने दस्तखत हुन नपर्ने हुनाले समेत पुनरावेदक उपर नोकरी कायम राख्न पास नभए पनि भन्ने शर्तहरू समेत समावेश गराई नभएको हुकुम भएको छ भन्ने किर्ते सिटरोल फारम तयार गरेको भन्ने आरोप तथ्यहिन देखियो । (प्रकरण नं.४२) (४) उमेरको अंक विभिन्न भई नमिले–निजामती सेवा नियमावली, २०१३ को संशोधित परिच्छेदको नियम ७(१) को देहाय स्पष्टीकरण (क) (ख) अनुसार पहिले सिटरोलअनुसार उमेर कायम हुने उमेर ढाँटी सरकार झुक्याउने प्रयत्न गरेको भन्न नमिल्ने । १९९५।८।१० मा खडा भएको सिटरोलमा भर्ना हुँदाको उमेर भन्ने महलमा २२, ०७ फाल्गुण ७ गते खडा भएको सिटरोलको भर्ना हुँदाको उमेर भन्ने महलमा ३५ वर्ष र प्रवेशिका परीक्षाको प्रमाणपत्रमा ०७ सालको पौष महिनामा ३४ वर्ष र सदर अमिनि गोश्वाराको नोकरी बयानमा उमेर ३६ वर्ष भन्ने लेखिएको भई यसरी उमेरको अंक विभिन्न भई मिल्न नआएमा के गर्ने भने प्रश्न उठेमा निजामती सेवा नियमावली, २०१३ को संशोधीत परिच्छेद ७ को नियम (१) को देहाय स्पष्टिकरण (क) (ख) अनुसार पहिला सिटरोलअनुसार उमेर कायम हुने भन्ने समेत स्पष्ट व्यवस्था भईरहेकोबाट समेत उमेर वर्ष ढाँटी सरकार झुक्याउने प्रयत्न गरेको भन्न मिल्न आउने देखिएन । (प्रकरण नं. ४३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 398 |
|---|---|
| मुद्दाको विषय | बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा |
| निर्णय वर्ष / मिति | 2024/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्टका समक्ष तपाईंले पेश गरेको आ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 398 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
