नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 393 · वि.सं. २०२५
नि.नं. 393 — बाटो निकास बन्द
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) न्याय प्रशासन विविध व्यवस्था संशोधन ऐन, २१ को संशोधन दफा ८ को उपदफा २ (क)–सामुहिक हक देखाएको सन्धिसर्पन मुद्दामा अञ्चल अदालतको फैसला उपर सर्वोच्च अदालतमा अपील लाग्ने । वादीको फिरादपत्रमा १ जना मात्रको व्यक्तिगत हक भन्ने नभई कर्णदास श्रेष्ठको चारैतिर घर बीचमा ठूलो चोक सो चोकमा प्रवेश गर्ने बाटो (ढोका) एउटा भएको घरमध्ये दक्षिणतर्फ गोपालमान जोशी अन्यायी कृष्णकुमारी आसामाया र म तुल्सीदेवी समेतले ४ हिस्सा गरी फार्छे लिएको चोक र सो चोकमा प्रवेश गर्ने बाटो (लव) समेत साझा चर्ची आएको भन्ने उल्लेख गरी १ भन्दा धेरै व्यक्तिको सामुहिक हक देखाएको समेत हुँदा यस्तो दावीको सामुहिक सन्धिसर्पन मुद्दामा न्याय प्रशासन विविध व्यवस्था संशोधन ऐन, २१ ले संशोधित दफा ८ को उपदफा (२) (क) बमोजिम अञ्चल न्यायधीशको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने प्रष्टै छ । (प्रकरण नं. २) (२) प्रस्तुत मुद्दाको मिसिलबाट निर्णय गर्न, सबै कुरा खुल्न नआए आवश्यक आदेश दिन मिल्ने । त्यसबाट प्रस्तुत मुद्दाको निर्णयकोलागि सबै कुरा पर्याप्त खुल्न नआएको समेत हुृनाले मा.न्या.श्री हेरम्वराजले अर्को नक्सा गर्ने राय व्यक्त गर्नु भएको बेमुनासिव भन्नु भएन । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 393 |
|---|---|
| मुद्दाको विषय | बाटो निकास बन्द |
| निर्णय वर्ष / मिति | 2024/10/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 393 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
