नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 405 · वि.सं. २०२५
नि.नं. 405 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. कसैले लेखेको आधारमा अरुको दावीबमोजिम रुपैया भराउन सक्ने र अंक किटान नभएको मात्र ऐनले प्रमाण लिन हुने । त्यसको आधारमा वादी दावीबमोजिम रुपैया भरी पाउँन सक्ने भएमात्र ऐनले प्रमाणमा लिन मिल्ने हुनाले त्यसतर्फ हेरेमा उपरोक्त उल्लेख भएअनुसार हिसाब गरी रुपैया दिने समेत बोली परेकोबाट तत्काल प्रचलित नासो धरौटको १ नं. बमोजिम नासो धरौटको लिखत सरह मान्न नहुने र यो यति रुपैया दिउँला भन्ने अंक किटान नभएकोले ऐनबमोजिम रीत पुगेको लेनदेन व्यवहारको लिखत सरह कायम हुन पनि नसक्ने । हरहिसाब देखाई यति बाँकी हो भनी वादीले नखुलाएको र सो चिठ्ठीमा यति लिन बाँकी भन्ने नलेखिएकोले रुपैया भरी पाउन सक्ने नहुँदा सो चिठ्ठी ऐनले प्रमाण लिन मिल्ने देखिन आएन । (प्रकारण नं. १४) २. ऐनले प्रमाणमा लिन नमिलेमा सद्दे किर्ते छुट्याउन नपर्ने । ऐनले प्रमाण लिन नमिल्ने भएपछि सो चिठ्ठी सद्दे किर्ते छुट्याई रहनु समेत नपर्ने हुँदा सद्दे किर्तेतर्फ विचार गरी रहनु परेन । सो चिठ्ठी सद्दे किर्तेमा सुनाउनै नपर्ने सुनाई तहकिकात गरेको समेत शुरु रा.का.दे.दो.र अपील पहिलाको सदर गरी ०२०।५।२०।१ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन । वादी दावी पुग्न नसक्ने ठहराई डिभिजन बेञ्चले सदर गरेको हकमा वादीले भराई पाउँ भनी प्रमाण दिएको लिखतबाट भरी पाउन नसक्ने हुँदा इन्साफ मनासिव देखियो । झुट्टा दावी गरेमा डिभिजन बेञ्च समेतको फैसलाले लिने गरी राखेको कोर्टफीका हकमा कायमै हुन्छ । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 405 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2024/12/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 405 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
