(१) कुनै उद्देश्य र तात्पर्यलाई दर्शाई श्री ५ को सरकारबाट निक्लेको सूचनाले दस्तुरको उल्लेख गरेमा–सोही रुपमा तिर्न बुझाउन पर्ने बाध्यता रहने–सो को माग पनि तदानुसार हुनुपर्ने । जुन उद्देश्य र तात्पर्यलाई दर्शाई उक्त सूचनाले दस्तुरको व्यवस्था गरेको छ, सोही रुपमा…
(१) भू.सु. ऐन प्रकाशित हुनु भन्दा पछि अरु अड्डामा फिरादपत्र दर्ता भएमा–सो मुद्दा उक्त ऐनको दफा ५४ अन्तर्गत भू.सु. विशेष अदालतमा सरी आएको भन्न नमिल्ने । उक्त ऐन, २०२१।८।१ मा प्रकाशित भएको र प्रस्तुत मुद्दाको फिरादपत्र २०२१।९।१४ मा काठमाडौ जिल्ला अदालतमा दर्ता भ…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ मा जग्गा राजीनामा फार्छे गरी दिएको लिखतलाई कृषि ऋण भनी रकम निश्चित गर्ने व्यवस्थाको अभावमा–उक्त फार्छे राजीनामालाई ऋण रकम निश्चित गर्ने निर्णय गरेको देखिएमा–अधिकार क्षेत्र नाघी गरेको देखिन आउने–सो निर्णय उत्प्रेषणको आदेशबाट…
(१) भूमिसम्बन्धी ऐन, २०२१ ले सो ऐनबाहेक अरु ऐन प्रयोग गरी ऋण निश्चित गर्ने अधिकार भूमिसुधार अधिकारीलाई प्रदान नगरेमा–उक्त ऐनको दफा ४५ र ५० अनुसार मात्र निजले ऋण निश्चित गर्न पाउने । लेनदेन व्यवहारको ६ नं. अनुसार व्याज खान नपाउने भनी ऋण निश्चित गरेको र त्यसरी ल…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (३) (क) अनुसार घरवारीको जग्गा कमाउने व्यक्तिलाई मोही हक प्राप्त नहुने र मोहीयानी हकमा भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ बमोजिम जोताहाको लगत प्रकाश भएपछि सो लगतमा चित्त नबुझ्नेले उक्त नियमको नियम ७ अनुसार विशेष अदालत…
१. भूमिसम्बन्धी ऐन, २०२१ को अधिकार पाएको अधिकारीले सो ऐन प्रयोग गरी गुठी अधिनस्थ जग्गा जोताहा (मोही हक) विषयमा निर्णय गर्न नपाउने । गुठी अधिनस्थ जग्गाका जोताहा विषयमा भूमिसम्बन्धी ऐन अन्तर्गत प्राप्त हुने मोही हक प्राप्तिमा भूमिसम्बन्धी ऐनको अधिकार प्रयोग गरी…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (६) अन्तर्गतको किसानले दिएको भोगबन्धकी जगाको बाली खाने व्यक्तिकोसम्बन्धमा निज किसान र साहुको मुख नमिलेमा उक्त ऐनको दफा ५० ले अंगालेको सोही ऐनको दफा ४५ मुताविक आवश्यक छानाविन र जाँचबुझ गरी सो कृषिसम्बन्धी ऋणको रकम निश्चित गर्न…
(१) अपहेलनासम्बन्धी मुद्दा भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गतको नभई नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ (५) अन्तर्गतको मुद्दा–फैसलामा नेपाल विशेष अदालत ऐनको दफा २ (५) अन्तर्गत सजाय गरेको भन्ने लेखेमा–सोही ऐनको दफा ८ अनुसार अपीलको म्याद दिन पर्ने–उक्त केशमा भूमिसम्…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ मुताविकको मुद्दा विशेष अदालतलाई तोकिदिएको देखिएमा–सरीआएको मुद्दालाई सुम्पिएको मुद्दा ठानेर अपीलको म्याद दिन नमिल्ने–उक्त ऐनको दफा ५५ अनुसार उक्त तोकिएको अदालतले गरेको निर्णय अन्तिम हुनेछ । विशेष अदालतलाई दफा ५४ को मुद्दा तोक…
(१) जग्गाधनीले आफैले कमाई भोगी आएको भनी नालेस गरेको देखिएमा–मुद्दाको नामकरण जग्गा खिचोला भए तापनि उक्त मुद्दा मोहियानी हक बेहकसम्बन्धी हुने । मुद्दाको नामकरण जग्गा खिचोला भए पनि वास्तवमा जग्गा धनीले मैले नै कमाई भोगी आएको भनी नालेस गरेको देखिनाले मोहियानी हक ब…
(१) भूमिसम्बन्धी ऐनमा देखाएको आधारमा ऋणको बाँकी साँवा र व्याजको अंक निश्चित गर्न पाउने व्यक्तिले उक्त ऐनको दफा ४५ मा अंकित आधारहरूको अवलम्बन गर्नुको अतिरिक्त पास भएको तमसुकको मूल रकम नै बेगलरुपमा निर्धारीत गर्न पाउने निजलाई अधिकार प्राप्त नदेखिने । उक्त दफाअनु…
(१) विशेष अदालत ऐन, २०१३ को दफा ३ अन्तर्गत विशेष अदालतलाई सुम्पिएको नाताबाट उक्त अदालतले कारवाई किनारा गरेको मुद्दा देखिन आएमा–उक्त ऐनको दफा ८ अनुसार सो निर्णयउपर अपील लाग्न सक्ने–भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ प्रयोग गर्न नसक्ने । तत्कालीन दा.दे.इलाका अदालतम…
(१) भोगबन्धक लिने साहुले आसामीलाई बहाल बुझाउने कबुलियत गराई निज आसामीलाई नै घरमा बस्न दिएमा–साहुले व्याज लिए खाएको नहुने । आयस्ता खाने गरी भोगबन्धकमा लिएकोमा–भू.सं. ऐन, २०२१ को दफा ४५ (ध) प्रयोग गर्नुपर्नेमा दफा ४५ (क) प्रयोग गरी निर्णय गरेमा–सो निर्णय अधिकार…
(१) बाली (भूमि) सम्बन्धी मुद्दामा भू.स. ऐनबमोजिम तोकिएमा मात्र पुनरावेदन नलाग्ने । भू.सं. ऐनबमोजिम तोकिएमा मात्र पुनरावेदन नलाग्ने हुनाले पुनरावेदन लाग्ने र सुनुवाइ हुनुपर्छ भन्ने श्री मा.न्या. इश्वरी जंगबहादुर सिंहजीको रायसँग यो बेञ्च सहमत हुन्छ । (प्रकरण नं.…
(१) मधेश माल सवालको दफा ४२३ हिंसा गरी फुटाई जिमदारी मौजा लेनदेन व्यवहार गर्न हुने–असल कमसल मिलाई उत्तिकै हिस्सा गरी उक्त मौजाको साविक जिमदारीसँग आएको जोत जिरायत लम्बरी पनि जिमदारी सँगसँगै खरिद बिक्री गर्न हुने । मधेश माल सवालको ४२३ दफामा जिमदारी मौजा फुटाई खरि…
(१) आफूतर्फको दर्तामा परेको श्रेस्ता सबुद वादीले देखाउन नसकेकमा–प्रतिवादी तर्फबाट मौजामा रैतानी दर्ता भएकी देखाएमा–वादीको भोग नदेखिने । नक्सा हदबाट तथ्यमा पुग्नमा सहायक प्रमाण हुन आएको अर्को कुरा भोग हो । भोग कसले गरेको भन्नेतर्फ वादीले आफूले वा आफ्नो दाताले स…
(१) वास्तविकताको प्रश्न, तथ्यको प्रश्न र कानून सम्बन्धी प्रश्न कानूनी प्रश्न हुने । विवादको विषय त्यसमा वास्तविकता के हो भनी प्रश्न गरिन्छ । वास्तविकताबारे प्रश्न भएकोमा तथ्यको प्रश्न र कानूनसम्बन्धी प्रश्न उठेमा कानूनी प्रश्न हुन्छ । यसो हो कि उसो हो भनी संशय…
(१) तत्काल प्रचलित बालीको झगडाको २० नं.–बाली मुद्दामा मुद्दा पर्दापर्दैको अवस्थालाई सम्म “मामिला फैसला नभई हक नछुट्टि रहेको बाली” मान्न पर्ने जग्गा मुद्दा परी मामिला फैसला भएमा–सो मुद्दा धेरैपछि दोहरिएमा त्यस बीचको समयलाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली…
(१) छोरा जन्मेको अप्रकाशित भईरहेपछि बाबुको मृत्यु भएपछि तत्काल प्रचतिल अंशबण्डाको १६ नं. ले अंश नपाउने भएको, प्रकाश अप्रकाशको प्रश्नलाई अप्रासङ्गिक भन्न नमिल्ने । वादी सिउप्रसाद रामचरणकै छोरा ठहर्न आएको भए पनि वादीकै साक्षी मेवालालले सहत्ती मरेपछि सहत्तिकै घरम…
(१) काजक्रियामा लागेको खर्च ज्यूनी जग्गाको बालीबाट भर्ना गर्ने भन्ने लिखत शर्त नभएमा काजक्रियाको खर्च पूर्ति नगरी बाली समेतमा विपक्षीको हक नलाग्ने जिकीर उचित मान्न नमिल्ने। आमा लक्ष्मीदेवी परलोक भएपछि क्रियाकाज गर्दा रु. ४४।४५ सो खर्च लगाई काजक्रिया गरेकोले खर…
(१) बाँध पैन मुद्दा ख.नि. सनद कायम रहेको स्थितिमा गोश्वाराले हेर्न छिन्न पाउने अधिकार क्षेत्र भित्र पर्ने । ९८।२।२२।४ को ख.नि. सनद कायमै रहेको स्थितिमा यस्तो बाँध पैन मुद्दा गोश्वाराले हेर्न छिन्न पाउने अधिकार क्षेत्र नभएको भन्न नमिल्ने समेत हुँदा प्रस्तुत मुद…
(१) वादीहरूको पहिलो निवेदन लेखाई समेतले एउटै विषयको कुरामा असर पुग्न जाने समेत व्यवस्था दर्शाई राखेमा–एउटै नालेस दर्ता भई तहतह फैसला हुँदै आई राखेमा–सोही मुद्दाबाट वादीहरू सबैको हकमा इन्साफ गरिदिन मिल्ने । धेरै वादी प्रतिवादी र जग्गा फरक–फरक भए पनि प्रतिवादीहर…
(१) दोहोरा निर्णय दिई रहन नपर्ने । वादी दावीको कमलको हरहिसाब समेतमा वादी कदमकुमारी राणा प्रतिवादी डि. गौरीनारायण गिरी भएको लेनदेन मुद्दाबाटै आज यस बेञ्चबाट निर्णय भएकोले यसबाट दोहोरो निर्णय दिई रहनु नपर्ने हुँदा यस मुद्दामा केही गर्नु नपर्ने ठहराई छिनेको २२।८।…
(१) कस्तो व्यवहार जालसाजी ठहरिने ? रीत पुर्याई गरे गराएको कागज भए पनि झुठ्ठा व्यहोरासँग गरे गराएको भए जालसाजी ठहरिने । अंशदपोट गरेको कित्ता राजीनामा गरी साहुका नाममा राखी पत्ता लगाउन कठीन पारेकै रहेछ । साहु असामिका ऐनको रीत पुगी सकेको भनी साहुको पक्का ठहराउन…