नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 422 · वि.सं. २०२५

नि.नं. 422 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) छोरा जन्मेको अप्रकाशित भईरहेपछि बाबुको मृत्यु भएपछि तत्काल प्रचतिल अंशबण्डाको १६ नं. ले अंश नपाउने भएको, प्रकाश अप्रकाशको प्रश्नलाई अप्रासङ्गिक भन्न नमिल्ने । वादी सिउप्रसाद रामचरणकै छोरा ठहर्न आएको भए पनि वादीकै साक्षी मेवालालले सहत्ती मरेपछि सहत्तिकै घरमा रामचरण आउने जाने गरी स्वस्नी बनाई पेट बोकेकी भन्ने समेत बकेकोबाट पहिले नै जातका रीतबमोजिम चुरिया पैराई लगी स्वास्नी बनाएको भन्ने चाहिं वादीको दावी पूर्णरुपले समर्थित हुन नआएको र यदि प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा ठहर्न आएको खण्डमा त्यस्तो छोराले बाबु मरेपछि मात्र अंशको हक गर्न आएकोमा तत्काल प्रचलित अंशबण्डाको १६ नं. ले अंश नपाउने अवस्था पर्न आउने समेत हुनाले यस स्थितिमा अंश दिलाई पाउँ भन्ने दावी परेको अंश मुद्दाको अंगबाटै उठेको यस मुद्दामा प्रकाश अप्रकाश भन्ने प्रश्न उठाएकोलाई अप्रासङ्गिक भन्न मिलेन (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.422
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2025/02/11
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 422
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्