नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 419 · वि.सं. २०२५
नि.नं. 419 — नौसत्ता सलामी लिन खोजे
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीहरूको पहिलो निवेदन लेखाई समेतले एउटै विषयको कुरामा असर पुग्न जाने समेत व्यवस्था दर्शाई राखेमा–एउटै नालेस दर्ता भई तहतह फैसला हुँदै आई राखेमा–सोही मुद्दाबाट वादीहरू सबैको हकमा इन्साफ गरिदिन मिल्ने । धेरै वादी प्रतिवादी र जग्गा फरक–फरक भए पनि प्रतिवादीहरूले एक सङ्गठन गरी सामुहिक रुपले एकैसाथ बटैयामा बखेडा उठाएको । त्यसबाट वादीहरू सबैलाई नौसत्ता भन्खप सलामी लिन खोजेको भन्ने एउटै विषयको कुरामा असर पुग्न जाने समेत अवस्था वादीहरूको पहिलेको निवेदन लेखाइ समेतले दर्शाई राखेको र पहिलेदेखि एउटै उजुरीबाट कारवाई चली १५।३।१२।५ को डिभिजन बेञ्चको फैसलाबमोजिम वादीहरूको प्रस्तुत एउटै नालेस दर्ता भई तह–तह फैसला हुँदै आई राखेको समेत हुँदा वादीहरू सबैका हकमा यसै मुद्दाबाट इन्साफ गरी दिन मिल्ने देखिन्छ । (प्रकरण नं. १३) (२) पछि प्रारम्भ भएको ऐन अघिको कुरामा लागू हुन नसक्ने । पछिमात्र प्रारम्भ भएको भूमिसम्बन्धी ऐन, ०१४ कानून व्याख्यासम्बन्धी ऐन, ०१० को दफा ३ अनुसार ११ सालको कुरामा लागू हुन पनि नसक्ने समेत हुनाले मोहियानी हकमा वादीहरूको दावी पुग्न सक्ने देखिएन । (प्रकरण नं. १५) (३) मुचुल्कामा सर्जमिनहरूले जग्गाको धनी र कमाउने रैति र उब्जाको अङ्क खुलाई दुवैको भिन्नै फाँट छुट्ट्याई दिएमा जग्गा रैतिले जोते कमाएको भन्ने खटिई गएको कर्मचारीहरूको प्रतिवेदनमा उल्लेख भएमा चित्त नबुझे पुनरावेदन दिन पर्नेमा सो नदिई बसेमा–उपरोक्त कागजहरूबाट वादीले जग्गा कमाएको प्रष्ट हुने । पहिले ११ सालमा वादीहरूको निवेदन परी म.स.गो. बाट खटी गएका ना.सु. लक्ष्मीनरसिं समेतले खरिहानमा छुट्टा–छुट्टै थुप्रिरहेको बाली भन्जाय गराई दिँदा खडा भएको ११।१२।३१।४ को मुचुल्कामा सर्जमिनहरूले यो यसको यो यो रैतिले कमाएको यो जग्गामा यति उब्जा भएको भनी खुलाई धनीको र रैतिको अलग–अलग फाँट छुट्टाई दिएको र ना.सु. लक्ष्मीनरसिंले समेतले म.स.गो. मा दिएको ०१२।१।२।६ को प्रतिवेदनमा जग्गा रैतिले नै जोते कमाएको भन्ने उल्लेख गरेको समेत देखियो । ना.सु. लक्ष्मीनरसिं समेतले बेहिसाब गरे भनी प्रतिवादीहरूले उजुर गरेको मुद्दा १३।३।३२ मा महोत्तरी अपीलबाट खारेज भएकोमा पुनरावेदन नगरी चित्त बुझाई बसेको समेत हुँदा उक्त कागजहरूबाटै ११ सालमा जग्गा वादीहरूले कमाएको रहेछन् भन्ने कुरा प्रष्ट भएको छ । (प्रकरण नं. १५) (४) अधिया नभई नौसत्ता मन्खप नै लिने गरी आएको भन्ने सबूद प्रमाण गुजार्न सकेको नदेखिएमा–अघिया शर्त नै कायम हुने । प्रतिवादीहरूले जग्गा वादीहरूले कमाएकै होइन भन्ने जिकीर लिएको । अधिया होईन नौसत्ता मन्खप नै लिने गरी आएको हो भन्ने सबुद प्रमाण गुजार्न सकेको नदेखिएकोले अधिया शर्त नै कायम हुने कुरामा अरु शंका गरी रहनु परेन । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 419 |
|---|---|
| मुद्दाको विषय | नौसत्ता सलामी लिन खोजे |
| निर्णय वर्ष / मिति | 2025/05/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लोकराजको रायमुनासिव र मोहीयानी हकमा वादीहरूको दावी पुग्न नसक्ने । ११ सालको मोही बोटी अधिया बाली जमानत समेतमा वादीहरूले फुकुवा दिएको वादीहरूकै कायम हुने समेत ठहर्छ । अरु तपसीलबमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 419 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
