नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 421 · वि.सं. २०२५

नि.नं. 421 — जग्गा बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) काजक्रियामा लागेको खर्च ज्यूनी जग्गाको बालीबाट भर्ना गर्ने भन्ने लिखत शर्त नभएमा काजक्रियाको खर्च पूर्ति नगरी बाली समेतमा विपक्षीको हक नलाग्ने जिकीर उचित मान्न नमिल्ने। आमा लक्ष्मीदेवी परलोक भएपछि क्रियाकाज गर्दा रु. ४४।४५ सो खर्च लगाई काजक्रिया गरेकोले खर्च पूर्ति नगरी बाली समेतमा वादीको हक पुग्न नसक्ने भन्ने प्रतिवादी सु.तिलकमान सिंहको मुख्य जिकीर भएको हकमा आमाको काजक्रियामा लागेको खर्च सो ज्यूनी जग्गाको बालीबाट भर्ना गर्न भन्ने लिखत शर्त नभएकोले सो अभावमा निज प्रतिवादी सु.तिलकमान सिंको उपरोक्त जिकीर उचित मान्न मिलेन । (प्रकरण नं. १५) (२) काज क्रियामा भएको खर्चको हिसाब विपक्षीले थाहा पाउन सक्ने नभएमा–लिखत शर्त र मञ्जुरी नभएमा–उक्त खर्च अंश ज्यूनी जग्गाको पछिको बालीबाट लिन नहुने क्रिया खर्चको फाँटवारी अंश नखुलाई नालेस गरेमा प्रतिवादी गर्न पाउने समेत अवस्था भएमा विपक्षीले फाँट खोली नालेस गर्नुपर्छ भन्न नमिल्ने । एक त आमाको क्रियाकाज गर्दा प्रतिवादी सु.तिलकमान सिंले के कति सबै लगाएको हो ? वादीलाई यकिन थाहा हुनसक्ने अवस्थाको कुरा नभएको र दोश्रो लिखत शर्त र मञ्जुरी बेगर खर्च भएको अंश ज्यूनी जग्गाको पछिपछिको बालीबाट हात हाली लिनु नहुने समेत हुनाले प्रतिवादी सु. तिलकमान सिंले क्रियाखर्चको फाँट अंश खुलाई नालेस गरेमा प्रतिवादी गर्न पाउने समेत अवस्थाको यस्तो कुरामा वादीले फाँट खुलाई नालेस गर्नुपर्छ भन्न नमिल्ने प्रष्टै छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.421
मुद्दाको विषयजग्गा बाली
निर्णय वर्ष / मिति2025/01/28
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 421
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्