नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 428 · वि.सं. २०२५

नि.नं. 428 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भोगबन्धक लिने साहुले आसामीलाई बहाल बुझाउने कबुलियत गराई निज आसामीलाई नै घरमा बस्न दिएमा–साहुले व्याज लिए खाएको नहुने । आयस्ता खाने गरी भोगबन्धकमा लिएकोमा–भू.सं. ऐन, २०२१ को दफा ४५ (ध) प्रयोग गर्नुपर्नेमा दफा ४५ (क) प्रयोग गरी निर्णय गरेमा–सो निर्णय अधिकार दुरुपयोग गरी गरेको हुने । दर्खास्त र साहु मथुराप्रसादको कागज समेतबाट बद्रीप्रसादसँग रु. ६००। मा घर भोगबन्धक लेखाई लिई साल १ को धान मुरी ६। बहाल बुझाउने कबुलियत गराई असामी बद्रीप्रसादाई नै घरमा बस्न दिएको भन्ने देखिन आएको । यस्तोमा व्याज लिए खाएको भन्ने कुरा आउन नसक्ने र आयस्ता खाने गरी भोग बन्धक लिएकोमा दफा ४५ को (ध) लाग्ने प्रष्टै भएकोले सोही दफा ४५ (ध) प्रयोग गर्नुपर्नेमा विपक्षीले दफा ४५ (क) प्रयोगमा ल्याई ऋण साधन गर्ने अधिकारको दुरुपयोग गरी निर्णय पर्चा गर्न भएको देखिन आयो । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.428
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/04/21
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 428
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्