नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 433 · वि.सं. २०२५

नि.नं. 433 — परमादेशको रीट जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अपहेलनासम्बन्धी मुद्दा भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गतको नभई नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ (५) अन्तर्गतको मुद्दा–फैसलामा नेपाल विशेष अदालत ऐनको दफा २ (५) अन्तर्गत सजाय गरेको भन्ने लेखेमा–सोही ऐनको दफा ८ अनुसार अपीलको म्याद दिन पर्ने–उक्त केशमा भूमिसम्बन्धी ऐनको दफा ५५ नलाग्ने । अपहेलनासम्बन्धको मुद्दा उक्त भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गतको मुद्दा नभई नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ (५) अन्तर्गतको मुद्दा देखिएको र प्रस्तुत केशमा विशेष अदालतले आफ्नो फैसलामा सोही दफा अन्तर्गत कारवाही गरी सजाय गरेको भन्ने लेखिएको भएपछि सोही ऐनको परिधि भित्र प्रस्तुत केश परेकोले अपीलको हकमा भूमिसम्बन्धी ऐन ५५ दफा लाग्छ भन्नु तर्कसङ्गत देखिएन । विशेष अदालत ऐन अन्तर्गतको कारवाहीमा विशेष अदालत ऐन नै लाग्ने र ऐनको दफा ८ मा अपीलको व्यवस्था हुँदा सोही दफाले दिएको अपील दिन पाउने हक निवेदकले पाउने नै देखिएकोले विशेष अदालतले निवेदकलाई उक्त हकबाट वञ्चित गर्न नमिल्ने हुँदा निवेदकलाई अपीलको म्याद दिनु भन्ने आदेश जारी गर्न उपयुक्त देखिनाले विशेष अदालत ऐन, २०१३ को दफा ८ बमोजिम निवेदकलाई सर्वोच्च अदालतमा अपील दिन अपीलको म्याद दिनु । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.433
मुद्दाको विषयपरमादेशको रीट जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर र माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह ज्यूबाट यसमा के कसो भएको हो
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 433
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्