नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 439 · वि.सं. २०२५

नि.नं. 439 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भू.सु. ऐन प्रकाशित हुनु भन्दा पछि अरु अड्डामा फिरादपत्र दर्ता भएमा–सो मुद्दा उक्त ऐनको दफा ५४ अन्तर्गत भू.सु. विशेष अदालतमा सरी आएको भन्न नमिल्ने । उक्त ऐन, २०२१।८।१ मा प्रकाशित भएको र प्रस्तुत मुद्दाको फिरादपत्र २०२१।९।१४ मा काठमाडौ जिल्ला अदालतमा दर्ता भएको देखिएबाट उक्त भू.सु.ऐन प्रकाशित हुनु भन्दा पछि यो फिरादपत्र दर्ता भएको भन्ने देखिएकोबाट भू.सु. ऐन जारी हुनुभन्दा अधि दायर भएको यो मुद्दा नभएकोले ५४ अन्तर्गत सरेको मुद्दा भन्न मिलेन । (प्रकरण नं. ६) (२) विशेष अदालतको निणर्य सुम्पिएको मुद्दामा अन्तिम हुने भन्ने भू.सु. ऐन (दफा ५५) मा नदेखिएमा–उक्त निणर्य उपर विशेष अदालत ऐन, २०१३ को दफा ८ अनुसार अपील लाग्ने । भू.सु. ऐन, २०२१ को दफा ५५ मा हेर्दा, यो ऐनमा अन्यथा लेखिएकोमा बाहेक यो ऐन अन्तर्गत तोकिएको अदालतमा परेको मुद्दा मामिला सो अदालतबाट भएको निणर्य अन्तिम हुनेछ र त्यस उपर कुनै अदालतमा अपील वा उजुर लाग्ने छैन भन्ने उल्लेख भएको देखिएबाट सुम्पिएको मुद्दामा विशेष अदालतको निर्णय अन्तिम हुने भन्ने देखिन नआई त्यस्तो निणर्य उपर विशेष अदालत ऐन, २०१३ को दफा ८ बमोजिम अपील लाग्ने भन्ने कुरा प्रष्ट । (प्रकरण नं. ७ ) (३) विशेष अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन गर्न पाउने अन्य उपचार देखिएमा–उत्प्रेषणको आदेशको माग गरेमा–सो माग मिलेको नदेखिने । दिनु पर्ने पुनरावेदनको म्याद नदिएमा सो म्यादको निम्ती परमादेशको आदेश जारी गर्नपर्ने । अतः २०२३।५।२७ को सूचना प्रकाशित हुनु भन्दा अगावै प्रस्तुत मुद्दा भू.सु. विशेष अदालतले तोकेको नाताबाट हेर्न नसक्ने भएकोले त्यस भन्दा पूर्व सूचनाबमोजिम सुम्पिएको नाताबाट हेरेको भन्ने देखिन आएकोले यसमा विशेष अदालत ऐन, २०१३ को दफा ८ बमोजिम पुनरावेदन गर्न पाउने अन्य उपचार देखिएकोले उत्प्रेषणको आदेशको माग गरेको मिलेको देखिएन । पुनरावेदनको म्याद दिनु पर्नेमा नदिएको हुँदा पुनरावेदनको म्याद दिनु भनी परमादेशको आदेश जारी गर्नुपर्ने ठहर्छ । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.439
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी पाउँ
निर्णय वर्ष / मिति2024/05/26
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 439
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्