नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 423 · वि.सं. २०२५

नि.नं. 423 — बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित बालीको झगडाको २० नं.–बाली मुद्दामा मुद्दा पर्दापर्दैको अवस्थालाई सम्म “मामिला फैसला नभई हक नछुट्टि रहेको बाली” मान्न पर्ने जग्गा मुद्दा परी मामिला फैसला भएमा–सो मुद्दा धेरैपछि दोहरिएमा त्यस बीचको समयलाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली” भन्न नमिल्ने । बालीका झगडाको २० नं. हेर्दा, झगडा पर्दा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली जतिमा सो मामिला छिनिएका १ वर्ष भित्र नालेस दिनु पर्ने उक्त ऐनमा व्यवस्था भएको पाइन्छ । कस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली मान्नुपर्ने हो ? भन्ने हकमा शुरु तहदेखि पुनरावेदन तहसम्म मुद्दा चल्दै रही अन्तिम रुपले मामिला फैसला नभएसम्मको लागि र पर्चा समेत भई दोहोरिने भई दायर भएमा सो टुङ्गो नलागेसम्मको लागि अर्थात् मुद्दा पर्दापर्दैको अवस्थालाईसम्मा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली मान्नु पर्ने हुन आउँछ । किनकि पहिले अन्तिम फैसला भईसकेको धेरै समयपछि पुनः मुद्दा दोहरिने भएकोमा सो बीचको समयमा मामिला फैसला भई जग्गामा हक छुट्टिई जितेको नाताबाटै जित्नेले जग्गा भोग गर्ने हुनाले यस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टिई रहेको बाली भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १९) (२) मिलापत्र गरी दावी छाडेको कलममा बिगो भरी नपाउने–उक्त मिलापत्रमा चित्त नबुझ्नेको भागमा दामासाहीले पर्न आउने जति मात्र भरी पाउने । त्यस्तो १ पटक मिलापत्र गरी दावी छाडी सकेको कलमको बली बिगो भरी पाउँछ भन्न नमिल्ने भएकाले मिलापत्रमा चित्त नबुझाई दोहर्‍याउने डोरनरसिंको हकमासम्म निजको भागमा दामासाहीले पर्न आउने जतिमात्र निजसँग वादीले भरी पाउने देखिन आउँछ । (प्रकारण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.423
मुद्दाको विषयबाली
निर्णय वर्ष / मिति2025/02/18
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२५, नि.नं. 423
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्