नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 436 · वि.सं. २०२५
नि.नं. 436 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (३) (क) अनुसार घरवारीको जग्गा कमाउने व्यक्तिलाई मोही हक प्राप्त नहुने र मोहीयानी हकमा भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ बमोजिम जोताहाको लगत प्रकाश भएपछि सो लगतमा चित्त नबुझ्नेले उक्त नियमको नियम ७ अनुसार विशेष अदालतमा उजुर गर्नुपर्नेमा–सो लगत प्रकाशित भैं सकेपछि भूमिसुधार अधिकारीले निवेदन लिएर जोताहा विषयमा निर्णय गरेमा उक्त निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्नुपर्ने । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ मा मोहीको हक प्राप्त हुने अवस्था भन्ने लेखी दफा २५ को उपदफा (३) मा उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि गैर नेपाली नागरिकलाई र देहायको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने छैन भन्ने र देहाय (क) मा घरबारीको जग्गा वा भन्ने लेखिएकोले घरवारीको जग्गा कमाउनेलाई मोही हक प्राप्त नहुने व्यवस्था सो ऐनमा भएको र भूमिसम्बन्धी नियम, २०२३ को नियम ६ मा भूमिसुधार टोलीले कुनै गाउँ वा नगर पञ्चायतको कुनै एक वार्डको लगत अनुसूची २ बमोजिम ढाँचामा तयार गरी सकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ र त्यसको १ प्रति गाउँ वा नगर पञ्चायतको अफिसमा बुझाई दिनु पर्छ र एक प्रति भूमिसुधार अधिकारी छेउ पठाई दिनु पर्छ भन्ने र नियम ७ को उपनियम १ मा नियम ६ अनुसार प्रकाशित गरिएको लगतमा कसैको चित्त नबुझेमा निजले लगत प्रकाशित भएका ३५ दिन भित्र स्थानीय गाउँ वा नगर पञ्चायतमा कारण सहित लिखित उजुर दिन सक्नेछ भन्ने र उप–नियम २ मा उप–नियम १ बमोजिम प्राप्त उजुरीलाई स्थानीय गाउँ वा नगर पञ्चायतले विशेष अदालतमा पठाई दिनु पर्छ र त्यसको सूचना भूमिसुधार अधिकारीलाई दिनु पर्छ भन्ने उल्लेख भएकोले मोहीयानी हकमा जोताहाको लगत प्रकाश भईसकेपछि चित्त नबुझ्नेले उक्त नियम ७ बमोजिम उजुर गरी विशेष अदालतमा जाने व्यवस्था भएकोमा जोताहाको लगत प्रकाश भईसकेपछि भूमिसुधार अधिकारीले निवेदन लिई जोताहा विषयमा निर्णय गर्न पाउने नदेखिनाले लगत प्रकाश भईसकेपछि निवेदनबाट विपक्षी दुर्गाबहादुरको हाललाई जोताहा कायम गर्ने गरी अनाधिकार गरेको विपक्षी भूमिसुधार अधिकारीको उक्त २०२२।९।२५।१ को निर्णय मिलेको नदेखिनाले उत्प्रेषणको आदेशद्वारा सो निर्णय बदर गर्नुपर्ने ठर्हछ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 436 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2024/01/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 436 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
