नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 432 · वि.सं. २०२५
नि.नं. 432 — परमादेशको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ मुताविकको मुद्दा विशेष अदालतलाई तोकिदिएको देखिएमा–सरीआएको मुद्दालाई सुम्पिएको मुद्दा ठानेर अपीलको म्याद दिन नमिल्ने–उक्त ऐनको दफा ५५ अनुसार उक्त तोकिएको अदालतले गरेको निर्णय अन्तिम हुनेछ । विशेष अदालतलाई दफा ५४ को मुद्दा तोकीदिएको देखिएकोले त्यस्तो तोकिएको अदालतले निर्णय गरेको सरीआएको मुद्दालाई सुम्पिएको मुद्दा सम्झी अपीलको म्याद दिने गर्न नमिल्ने । तसर्थ, दफा ५५ बमोजिम यो तोकिएको विपक्षी विशेष अदालतले गरेको निर्णय अन्तिम हुने नै हुँदा अपीलको म्याद पाउनुपर्ने भन्ने निवेदकको जिकीर पुग्न सक्दैन । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 432 |
|---|---|
| मुद्दाको विषय | परमादेशको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2023/10/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 432 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
