नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 431 · वि.सं. २०२५
नि.नं. 431 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाधनीले आफैले कमाई भोगी आएको भनी नालेस गरेको देखिएमा–मुद्दाको नामकरण जग्गा खिचोला भए तापनि उक्त मुद्दा मोहियानी हक बेहकसम्बन्धी हुने । मुद्दाको नामकरण जग्गा खिचोला भए पनि वास्तवमा जग्गा धनीले मैले नै कमाई भोगी आएको भनी नालेस गरेको देखिनाले मोहियानी हक बेहक विषय नै यस मुद्दामा उठेको देखिन्छ । (प्रकरण नं. ७) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ को (क) भित्र मोहयानी हक बेहकको मुद्दा पर्ने र उक्त दफाका मुद्दाहरू हेरी कारवाई किनारा गर्न श्री ५ को सरकारले नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ र ३ को अधिकार प्रयोग गरी विशेष अदालत गठन गरी सुम्पिएको देखिएमा–उक्त मोहियानी हक बेहकको मुद्दा उक्त अदालतको अधिकार क्षेत्र भित्र पर्न आउने । मोहियानी हक बेहकको मुद्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ को (क) भित्र पर्न आउने र सो दफा ५४ को मुद्दाहरू हेरी कारवाई किनारा गर्न नेपाल विशेष अदालत ऐनको दफा २ र ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकार भूमिसुधार मन्त्रालयले २०२१ साल माघ २६ गतेको गजेट सूचनाद्वारा स्थानीय बडाहाकिम वा सो पदको काम गर्ने अञ्चलाधीश १।१ जना सदस्य भएको विशेष अदालत गठन गरी सुम्पिएको देखिएकोले सो विशेष अदालतको अधिकार भित्रै पर्न आउने देखिन्छ । (प्रकरण नं. ८) (३) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ को मुद्दाहरू हेरी कारवाई किनारा गर्न नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ र ३ को अधिकार प्रयोग गरी श्री ५ को सरकारबाट गठित विशेष अदालतको निर्णय उपर अपील लाग्ने । उक्त ऐनको दफा ८ विद्यमान रहेको स्थितिमा उक्त अदालत उपर अपील लाग्ने । दफा ८ मा सो विशेष अदालतले गरेको निर्णय उपर अपील गर्ने व्यवस्था भएको देखिएको । यो विपक्षी विशेष अदालत उक्त विशेष अदालत ऐन, २०१३ को दफा २ बमोजिम गठित भएको र सोही ऐनको दफा ३ बमोजिम श्री ५ को सरकारले २०२१।१०।२६ को गजेट सूचनाद्वारा भूमीसम्बन्धी ऐन, २०२१ को दफा ५४ समेतको मुद्दा हेरी किनारा गर्न सुम्पेको देखिनाले यस्तो स्थितिमा उक्त विपक्षी विशेष अदालतले गरेको निर्णय अन्तिम हुन्छ भन्न मिलेन । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 431 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2023/07/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 431 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
