नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 434 · वि.सं. २०२५
नि.नं. 434 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (६) अन्तर्गतको किसानले दिएको भोगबन्धकी जगाको बाली खाने व्यक्तिकोसम्बन्धमा निज किसान र साहुको मुख नमिलेमा उक्त ऐनको दफा ५० ले अंगालेको सोही ऐनको दफा ४५ मुताविक आवश्यक छानाविन र जाँचबुझ गरी सो कृषिसम्बन्धी ऋणको रकम निश्चित गर्ने अधिकार भूमिसुधार अधिकारीलाई हुने । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ (६) अनुसार किसानको परिभाषा भित्र पर्ने कुरा खुलाई राखेकै उक्त भूमिसुधार आफिसको २०२३।६।११।३ को फैसला उध्रृत बयानको व्यहोराबाट देखिने यस्तो ब्यक्तिको निवेदनबमोजिम ऋण निश्चित गर्दा आवश्यक छानविन र जाँचबुझ नगरी निश्चित गर्न पाउने समेत तत्सम्बन्धीत भूमिसम्बन्धी ऐन दफा ५० ले अंगाली राखेको दफा ४५ मा प्रष्टै उल्लेख हुनाले भोगबन्धकी जग्गाको बाली कस्ले खाएको भन्ने तिर्थ साहु असामीको मुख नमिलेको कुरामा आवश्यक छानाविन गरी यकिन गर्न पाउने अधिकार विपक्षी भूमिसुधार अधिकारीलाई नभएको भन्न नमिल्ने । (प्रकरण नं. २) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ बमोजिम भूमिसुधार अधिकारीले कृषि ऋणको रकम निश्चित गरेमा अपील नलाग्ने । अपीलको म्याद दिन पर्ने नदिएको भन्नेतर्फ पनि भूमिसम्बन्धी ऐन परिच्छेद ९ का दफाहरू मध्ये दफा ५५ को उपदफा (१) र (२) बमोजिम दिइएको आदेश उपरसम्म तोकिएको अदालतमा अपील गर्न सक्ने सोही दफा ५१ को उप– दफा (३) मा व्यवस्था भएको दफा ४५ बमोजिम ऋणको रकम निश्चित गरेकोमा अपील गर्न पाउने उक्त भूमिसम्बन्धी ऐनमा व्यवस्था नभएको समेत हुँदा प्राइमाफेसी केस नदेखिएकोले प्रस्तुत रीटको निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 434 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2023/11/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 434 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
