नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 397 · वि.सं. २०२५
नि.नं. 397 — सरकारी हानी नोक्सानी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सिमित अधिकार–अ.बं.१७ नं. ले काम कारवाहीमा म्याद नाघेको वा बेरीत भएकोसम्म हेर्न पाउने । तल्लो अदालतको विचाराधीन रहेको मुद्दामा माथिल्लो अदालतले निर्णय दिएमा उक्त ऐनको हत्या हुनाका साथै मातहतको तल्लो अदालतको न्यायीक अधिकारमा हस्तक्षेप गरेको र पुनरावेदन गर्न पाउने तह काटेको हुन जाने । मातहतको अड्डामा परी राखेको मुद्दामा अ.बं १७ नं ले काम कारवाईमा म्याद नाघेको वा बेरीत भएकोसम्म हेर्नु पर्ने सिमित अधिकार हुनाले वाग्मती विशेष अदालतलाई सुम्पिई त्यस अदालतमा दायर भईराखेको मुद्दाको सम्बन्धमा अहिले यस अदालतबाट मुद्दा छिन्ने किसिमसँग त्यस्तो निर्णय गर्न मिल्ने देखिन आउँदैन । किनकि त्यस्तो गर्दा तहको अदालतको विचारधिन रहेको कुराको न्यायीक अधिकारमा हस्तक्षेप गरेको हुन जान्छ र पक्षहरूको पुनरावेदन गर्न पाउने तह काटिन जानुको साथै हुकुम प्रमांगी र अ.ब.१७ नं को विपरीत हुन जाने समेत देखिन्छ । त्यसकारण नालेस दायर गरी मुद्दा चलाएको रीत बेरीत र मुद्दा चल्ने नचल्ने भन्ने समेत कुराहरूमा सबुद प्रमाण समेतको आधारले मुद्दाको इन्साफमा असर पर्ने किसिमसँग ०२४।१२।१९।२ को डिभिजन बेञ्चका माननीय नयायाधीशहरूले आ–आफ्नो राय व्यक्त गरी निर्णय गर्नु भएकोसँग यो बेञ्च सहमत भएन । (प्रकरण नं ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 397 |
|---|---|
| मुद्दाको विषय | सरकारी हानी नोक्सानी |
| निर्णय वर्ष / मिति | 2025/03/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 397 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
