नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 410 · वि.सं. २०२५
नि.नं. 410 — जग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. पानी नपुगेको कारणले खेत आवाद नभएमा नक्साबाट पाखा देखिएमा पहिले नालेस दिँदा लेख्न नसक्ने वादीले सरेकको खेत र झगडा परेको पाखो जग्गाको बीचमा अर्को छुट्टै किल्ला देखिन आएमा र वादीको जग्गा अरु ठाउँमा छ भन्ने देखाउन नसकेकोमा वादीकै खेत दर्ता मध्येको भन्न नमिल्ने । न. नं.८ को जग्गा खेत दर्ता मध्येको भनी वादीले दावी लिएकोमा नक्शाबाट पाखा देखिन आएको पानी नपुगी खेत आवाद नभएको भन्ने पछि नक्शामा वादीले जिकीर लिएको भए पनि पहिले नालेस दिँदा लेख्न नसकेको । सो कुरा कायम मान्न नमिल्ने र आफ्नो दावीको खेत मुरी ।१० दर्ता मध्येकै हो भनी वादीले पनि स्विकार लिई राखेको । न नं. २।३ को खेत ४ र झगडा परेको न.नं. ८ को पाखो जग्गाको बीचमा न.नं. ३० पाखो बारीको गरा कान्लो भन्ने नक्शामा जनिएकोबाट छुट्टै कित्ता देखिन आएको । वादीले प्रतिवादीको ठकुरी माफिकिको पाखो भनी देखाएको न.नं.७ लाई प्रतिवादी प्रेमबहादुरको रासवारको जग्गा हो भनेको । प्रेमबहादुरको हलदारको जग्गा अन्यत्र छ भन्ने देखाउन वादीले नसकेका समेत हुँदा सो झगडा परेको न.नं.८ को पाखो वादी दावीबमोजिम खेत मुरी ।१० दर्ता मध्येको रहेछ भन्ने मिल्ने देखिदैन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 410 |
|---|---|
| मुद्दाको विषय | जग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2025/01/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 410 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
